जुम्ली घोडाको व्यापार घट्यो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

नरेन्द्रसिह कार्की | मङ्सिर ५, दार्चुला | एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवि मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारीहरु जौलजीवि पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् । विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवि मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवाहरूमा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको हो ।

जौलजीवि मेलाको आकर्षणको रूपमा घोडाको कारोबार यस वर्ष भएको छैन् । हरेक वर्ष जुम्ला र बाजुराबाट मेलामा घोडाको कारोबार हुने गरेको छ । “जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पुर्याइएका घोडा विगतमा पहाडी जिल्लामा राम्रो व्यापार हुँदै आएको थियो”, चन्दननाथ नगरपालिका–८ जुम्लाका घोडा व्यापारी जयबहादुर रोकायाले भन्नुभयो, “पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको मंहगी बढेका कारण घोडा व्यापार सुस्ताएको छ । यसपटक जुम्ला र बाजुराबाट तीन दर्जन बढी घोडा मेलामा पुर्याइएको छ ।”

एक महिना लगाएर घोडा विक्री गर्न आएपनि अहिलेसम्म तीन÷चार जना भारत अल्मोडाका स्थानीय घोडा हेर्न मात्रै पुगेका छन् । जुकोट–३ बाजुराका सत्यराज शाही घोडाको कारोबार नभएकोमा चिन्तित छन् । “हाम्रा बाजे बुवाको समयदेखि जौलजीवि मेलामा घोडा व्यापार गर्न शुरु गरेका हौँ, यो मेलामा मात्रै विगतमा पाँच छ सय घोडाको व्यापार सजिलै हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर दुई चार वर्षयता घोडाको व्यापार कम हुँदै आएको छ ।”

बाटोमा घोडाका लागि चाहिने दाना घास महंगो हुँदै गएको छ । विगतमा १० रुपैयाँ पूला घास घोडाको लागि पाइन्थ्यो, अहिले पचाँस रुपैयाँ भारु पर्छ । “सबैमा महंगी बढ्यो तर हाम्रा घोडा ३५ हजार भारती रुपैयाँ (भारु) पनि बिक्री हुँदैनन् । यो मूल्य नै बढी भयो भन्छन्”, शाहीले भन्नुभयो, “लागत मूल्य नै नआएपछि कसरी घोडाको कारोबार गर्नु ।” जौलजीविको मेलालाई घोडे मेलाको रूपमा पनि जुम्ली घोडाले चिनाएको हो ।

बाजुराकै ६४ वर्षीय भरतबहादुर शाहीले मेलामा घोडाको व्यापार गरेको ४० वर्षभन्दा बढी भयो । “हाम्रा बाजे बुवाले घोडाको व्यापार गर्न सिकाए । हाम्रो पुस्तासम्मले परम्परागत घोडा व्यापार छोडेका छैनौँ, तर यसरी नै व्यापार सुस्तायो भने आगामी वर्षदेखि घोडा व्यापारको लागि दार्चुला आइँदैन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हुम्ला जुम्लामै डेढ दुई लाख रुपैयाँमा घोडा विक्री हुन्छ तर यहाँ ३० देखि ४० हजार भारुमा पनि विक्री हुन मुस्किल छ । “बाटोभरि घाँस, दाना मंहगो भयो, घोडा राख्ने ठाउँमा स्थानीयले भाडा बढाए, यस्तो अवस्थामा परम्परा धान्न सकिँदैन”, उहाँले दुखेसो गर्नुभयो ।

जुम्ली घोडा नेपाल भारतका पहाडी क्षेत्रका स्थानीयले खरीद गरेर लिने गरेका थिए । अहिले सडक पहँुच पुगेसँगै कारोबारमा पनि कमी भएको हुनसक्ने शाही सुनाउनुहुन्छ । “पहिले गाउँमा सडक नपुगेको बेला घोडा किन्न ग्राहकको भीड लाग्थ्यो । घोडा हेर्न तँछाडमछाड नै चल्थ्यो, मूल्य पनि राम्रै पाइन्थ्यो, तर अहिले घोडा ल्याइसक्यौँ, किन्न कोही आउँदैनन्”, उहाँले भन्नुभयो ।

तर जुम्ली घोडा खरीद गर्नेहरूको भनाइमा अहिले घोडा अत्यन्त महँगो भएको छ । भारत अल्मोडा चौखिट्टाका स्थानीय हिक्मत सिंहले भन्नुभयो, “घोडा खरीद गर्न आएका हौँ, तर अहिले घोडाको मूल्य धेरै बढ्यो । अल्मोडाको उच्च पहाडी क्षेत्रका लागि जुम्ली घोडा राम्रो हुने गरेकोले यहाँ आएका हौँ । विगतमा यही क्षेत्रमा आएर लगेका घोडा राम्रा छन् । एक दुइदिन हेर्छौँ, मूल्य मिल्यो भने घरका लागि घोडा लिन्छौँ ।”

जुम्ली घोडा पहाडी क्षेत्रमा सामान ढुवानी र चढ्नको लागि राम्रो मानिन्छ । अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा पहाडी क्षेत्रमा बचाउन सकिन्छ । “पहाड चढ्नका लागि भारतको हल्दानीमा पाइने घोडाभन्दा जुम्ली घोडा राम्रो छ”, अर्का भारतीय नागरिक कैलाश जोशीले भन्नुभयो, “घोडाको आयू मान्छेकै जस्तै हो । जीवनमा एउटा घोडाको सहारा बनाऊँ भनेर आएका छौँ । पहिला १५/२० हजार भारुमा घोडा सजिलै मिल्थ्यो, तर व्यापारीले महँगो मूल्य भन्दैछन् ।”

मालिकार्जुन गाउँपालिका–७ उकु जौलजीविका स्थानीय शेरसिंह खत्री विगतको तुलनामा घोडाको व्यापार नभएको बताउनुहुन्छ । “हरेक वर्ष मेरो जग्गामा घोडा राखेर व्यापार गर्छन् । पहिले पाँच छ सय घोडा यहाँ आउँथे । पूरै बगर घोडाले भरिन्थ्यो, अहिले हेर्नुस् केही छैन । घोडा खरीद गर्ने मान्छे छैनन् । सडक पुग्यो, गाडी मोटरसाइकल किन्नतिर मान्छे लागे”, उहाँले भन्नुभयो ।

दश वर्ष अघिसम्म घोडाप्रति स्थानीयको आकर्षण थियो । बुढापाकाहरू अहिले पनि घोडा पाल्न सोखिन छन्, तर युवा पुस्तामा घोडा प्रतिमोह छैन । यसबाट पनि घोडाको व्यापारमा कमी आएको बताइन्छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply