२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउसीभैलोको रकमबाटै भालुवाङ्गमा बाटो निर्माण हुँदै

२०७२, २ मंसिर बुधबार १०:१६

सन्तोषकुमार गुप्ता । मंसिर २, भालुवाङ  । समान्य त देउसीभैलोबाट संकलित रकम के गरिन्छ भन्ने प्रश्न गरियो भने जवाफमा प्राय पिकिनिक, वनभोज वा भ्रमणमा खर्च गरिन्छ भन्ने आउँछ । अलि सहयोगी समुदाय वा संघ संस्थाको देउसीभैलो हो भने विद्यालय, वुद्धाआश्रम र विपन्न समुदायलाई सहयोग र धार्मिक मठ मन्दिरको निमार्णमा खर्च गर्ने खबर खासै नौलो भने पक्कै होइन् । तर देउखुरीको लालमटिया—३ पुलचोक भालुवाङ्गमा भने गत बर्ष देखि सञ्चालन गरिएको देउसीभैलोको रकमबाट बाटो निर्माणमा खर्च गदै आएको छ ।

पूर्व पश्चिम राजमार्ग देखि भालुवाङ्गको निर्माणधिन बसपार्क जोड्ने करिब ५ सय मिटर बाटो निर्माणका लागि गत बर्ष देखि यस बर्ष सम्म देउसी भैलो नै सञ्चालन गरेर संकलित रकमबा बाटो निर्माण कार्यका खर्च गदै आएका छन् । गत बर्षको देउसीभैलोबाट ५ लाख र यसबर्षको देउसीभैलोबाट ८२ हजार ८ सय ७० रुपैयाँ संकलन भएको थियो । देउसीभैलो बाटै बाटो निर्माण कार्य शुरु गरे पछि सरकारी निकाय अन्र्तगत लालमटिया गाविस र जिल्ला विकास समितीले समेत बजेट विनियोजन गर्न थालेको अनुराग बाटो निर्माण समितीकी अध्यक्ष निर्मला रोकाले जानकारी दिईन् ।

बाटोको आसपासमा करिब ४ सय बढी घरपरिवार बस्दै आएको भए पनि साघुरो बाटोका कारण लामो समय देखि सास्ती भोग्दै आएका अनुराग टोलबासीले आफ्नै सक्रियताबाट भैलोको रकमबाटै बाटो निर्माण शुरु गरे पछि सरकारी तथा अन्य सहयोगदाताहरुबाट समेत सहयोग आउन शुरु भएको समितीकी अध्यक्ष रोकाले बताईन् । बाटो निर्माणका लागि हामी बिगत ५ बर्ष देखि भालुवाङ्ग नगर विकास समिती, लालमटिया गाविस, जिल्ला विकास समिती दाङ्ग लगायत जानबुझे सम्म सबै ठाउँमा योजना माग गर्यौं तर कुनै निकायले पनि हाम्रो समस्या बुझ्न नसकेको समितीकी अध्यक्ष रोकाले गुनासो गदै भनिन् । बिगतका दिनमा ती सबै निकायबाट अब हुन्छ भन्ने बाहेक अरु केही नभई झुठो आशवासन भन्दा अरु केही पाएनौँ उनले भनिन् । अब विकासकै लागि राज्यको मुख ताक्नु भन्दा स्थानिय रुपमा योजना बनाएरै विकास गर्न हामीले गत बर्ष देखि तिहारमा बाटो निर्माण सहयागार्थ देउसीभैलोबाट संकलित रकमबाटै बाटो निर्माण शुरु गरे पछि भने गत बर्ष देखि नै गाविस र जिविसले बजेट विनियोजन गर्न शुरु गरेको अध्यक्ष रोकाले जानकारी दिईन् ।

जिविसले गत बर्ष ५ लाख, लालमटिया गाविसले १ लाख, सभासद् रेखा शर्माको सासंदकोषको १ लाख, देउसीभैलोबाट संकलित ५ लाख बढी रकम र स्थानिय जनश्रमदानबाट बाटो निर्माणका ५० प्रतिशत काम पुरा भईसकेको आर्थिक समितीका पूर्व संयोजक होमप्रसाद शर्माले जानकारी दिए । यस बर्ष पनि जिविसको २ लाख, गाविसको १ लाख बजेट विनियोजन भएको र भैलोको ८२ हजार तथा अन्य संघसंस्थाहरुबाट सहयोग संकलन गरी बाटो निर्माण कार्यलाई निरन्तरता दिईने शर्माको भनाई छ । उक्त बाटोको निर्माण सम्पन्न गर्न अझै २० लाख लागत लाग्ने अनुमान गरिएको छ । अहिले सम्म उक्त बाटोमा रहेको तीन वटा खोलाहरु मध्ये एउटा खोलामा कल्र्भट निर्माण गरिएको र आर्को खोलामामा माटो पुर्ने काम केही हद सम्म पुरा भएको अनुगमन समितीका संयोजक ऋषिराम बस्नेतले जानकारी दिए । बाटो खोल्न तथा खोलाहरुमा नयाँ संरचना बनाउन शुरुमा नगर विकास समितीले सहयोग नगरे पनि पछिललो समयमा भने नगर विकास समितीको पूर्ण सहयोग पाएको बस्नेतको भनाई छ । बाटो निर्माणका क्रममा बाटोमा घर पर्ने घर परिवारलाई व्यवस्थापन गर्न लामो समय देखिको बिबादलाई हल गरे संगै बाटो निर्माणले गति समेत लिएको छ । बिगतका दिनमा विकास निमार्णका लागि दललाई गुर्हानु पर्ने राजनितिकदलहरु संग लड्नु पर्ने अवस्था भने अहिले नरहेको बरु सबै दल बाटो निर्माणमा सहयोग गरिरहेको अनुराग बाटो निर्माण समितीकी अध्यक्ष निर्मला रोकाले बताईन् ।

देउसीभैलो होस त यस्तो खान र घुम्नकै लागि हो भने त्यस्तो भैलोलाई अगामी बर्षहरुमा महत्व नदिने महत्व नदिने राप्ती उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्माले भने । बिशेष गरी युवा पिढीहरुको भैलो हाम्रो संस्कृति बिगार्ने, जति सक्दो दाम उठाउने र संकलित रकम भ्रमण तथा पिकिनिकमा खर्च गर्ने गरिन्छ यस्तो गर्नु गलत हो शर्माले भने । भैलोको सम्पूर्ण रकम समाजिक काममा खर्च गर्नु पर्छ भन्ने मेरो मान्यता होइन तर केही प्रतिशत रकम बचाएर रमाईलो गरेर बचेको रकम समाजिक क्षेत्रमा खर्च गर्ने हो भने देउसीभैलो खेलेको इज्जत, दान दिनेको सदुपयोग, कसैको उत्थान संगै समुहको नाम पनि हुने शर्मा बताउँछन् । मैले त अबका बर्षहरुमा संस्कृति बिगार्ने र खान तथा घुम्नका लागि सञ्चालन गरिएको भैलो कार्यक्रममा सहभागि पनि नहुने र दान पनि नदिने शर्माको भनाई छ । भैलो समाजिक विकासका लागि नभई कुनै बिषयको जनचेतनाका लागि सञ्चालन गर्न सकिने समेत उनले बताए ।

भैलोको रकमबाट नै यसरी भौतिक विकास निमार्ण गर्न सकिन्छ जस्तो मैले कहिले कल्पना समेत गरेको थिएन तर गरे के पो हुदैन र भने जस्तै हामीले खेलेको देउसीभैलोको रकमबाट समाजिक विकास गर्न पाउँदा अहिले म आफै नै अच्चम परेको भैलो सञ्चालक समितीका संयोजक बिष्णुप्रसाद अधिकारी बताउँछन् । बाल्यकाल देखि अहिले सम्म कति भैलो खेलियो त्यो भैलोको रकम भ्रमण र पिकिनिकमा खर्च गर्ने बाहेक अरु केही गर्न सकिएन उनले भने । तिहारमा भैलो खेल्ने हाम्रो धार्मिक तथा समाजिक प्ररम्परा हो तर भैलोलाई रकम संकलन गर्ने, रमाईलो गर्ने भन्दा समाजिक विकास गर्ने लक्ष्य राखियो भने यसले समाजका अरुलाई पनि सकरात्मक सन्देश दिने संयोजक अधिकारीको भनाई छ । अबको भैलो संस्कृति सरक्षण, समाजिक विकास निमार्ण र सन्देशमूलक हुनु पर्ने समाजका अगुवाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ