१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चितवनदेखी कञ्चनपुर सम्म थारुले आन्दोलन शसक्त पार्ने

३ मंसिर २०७२, बिहीबार १७:५३

सन्तोषकुमार गुप्ता । मंसिर ३, भालुवाङ् । थारुहरुले चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा आन्दोलनलाई थप शसक्त वनाउने भएका छन् । सरकारले थारुको माग पुरा गर्न तर्फ कुनै ध्यान नदिएको भन्दै थरुहट—थारुवान क्षेत्रमा मंसिर ५ गते देखि अनिश्चितकालीन आम हड्तालको कार्यक्रम सार्वजनिक गरिएको छ ।

दाङको लमहीमा चितवन देखी कञ्चनपुरसम्मका थारु अगुवाहरु विच भएको छलफल पछी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरको नाममा जारी प्रेस विज्ञप्ती विज्ञप्तीमा राजमार्ग केन्द्रित आम हड्ताल सहीतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो । यस अघि थरुहट-थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई अघि वढाउदै आएको थियो । संघर्ष समितिका केन्द्रिय अध्यक्ष धनिराम चौधरी कैलाली घटना पछी लुकेर वस्दै आएपछी आन्दोलन कमजोर भएपछी नयाँ नामाकरण गरी संघर्ष समिति वनाइएको छ । आन्दोलनलाई थप शसक्त वनाउन थरुहट राज्य घोषणाकै लागी प्रादेशीक संघर्ष समिति गठन गरिएको हो ।

थारुहरुको आन्दोलनलाई शसक्त वनाउन नयाँ संरचना वनाइएको छ । थारु आन्दोलनमा सहभागी भएको फोरम लोकतान्त्रिक सरकारमा गईसकेको र यस अघि वनाइएको थरुहट-थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक धनिराम चौधरी भुमिगत अवस्थामा वसेपछी आन्दोलनलाई थप शसक्त वनाउन थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति गठन गरिएको श्रोतले वताएको छ ।

गत साउन २२ गते देखी सुरु भएको आन्दोलको कार्यक्रम दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै खुकुलो पारिएको थियो । संविधान संशोधन गरी थरुहट प्रदेश संविधान संसोधन गरी थारुहरुलाई अधिकार सम्पन्न वनाउन सरकार र ठुला राजनैतिक दलहरुले चासो नदेखाएको भन्दै शसक्त आन्दोलन गर्न थालीएको थरुहट—थारुवान प्रादेशीक संयुक्त संघर्ष समितिका संयोजक होरीलाल चौधरीले जानकारी दिनुभयो । आमहड्तालका क्रममा अति आवश्यकीय एम्वुलेन्स, प्रेस गाडी, पानी, दुध वोकेका गाडी, कुटनीतीगत नियोगका लागी र विद्यालय सञ्चालनमा रोक नलगाइएने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विरोधका कार्यक्रमहरुमा मंसिर ४ गते साँझ प्रत्येक जिल्ला सदरमुकाम लगाएतका उपयुक्त स्थानमा मसाल जुलुस गर्ने, जिल्ला क्षेत्रमा विरोध, सभा, र्याली, आम सभा लगाएतका कार्यक्रम गर्ने, थारुहरु संग मुद्धा मिल्ने पक्ष संग कार्यगत एकाता र सहकार्य गरी आन्दोलनलाई थप शसक्त वनाउने, नेपालको संविधान २०७२ मा अधिकार पहीचान विरोधी र उपचारालाई मंसीर ७ र ११ गते जलाउने लगाएतका कार्यक्रम रहेका रहेको जारी विज्ञप्तीमा उललेख गरिएको छ ।

bigyepti

bigyepti1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन