२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको बराखुट्टीमा चुनावी रौनकता, निर्वाचनको सम्पूर्ण तयारी पुरा

५ मंसिर २०७२, शनिबार १६:५२

karamdi

सन्तोषकुमार गुप्ता । मङ्सिर ५, दाङ । देउखुरीको लालमटिया—७ बराखुट्टीमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । आईतबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रसारमा जुटेका हुन् ।

प्रसंग हो, करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको, गत असोज १६ गते भएको समूहको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि मंसिर ६ गते आईतबार निर्वाचनको मिति तय गरिएको थियो । सोही अनुरुप उम्मेद्धारहरु उपभोक्ताहरुको घर दैलोमा मत माग्दै चुनावी प्रचारमा जुटेका हुन् । समूहको नयाँ कार्य समिती चयनका लागि दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष मनबहादुर पुन र अध्यक्ष जगतबहादुर थापाको प्यानल चुनावी मैदानमा चुनावी मैदानमा छ । चुनावी प्रचार—प्रसारका लागि निर्वाचन समितीले शनिबार राती १२ बजे सम्मको समय निर्णधारण गरेको छ । अध्यक्ष मनबहादुर पुन राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेद्धार रहेका छन् । उनलाई राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादीको पूर्ण समर्थन रहेको छ, भने नेपाली काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादीको पनि आंशिक समर्थन रहेको अध्यक्ष पदका उम्मेद्धार पुनले जानकारी दिए । पुनको प्यानलमा राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादी, नेपाली काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धारको सहभागी रहेको प्यानल रहेको छ ।

यता अध्यक्ष जगतबहादुर थापाको प्यानल स्वतन्त्र उपभोक्ताहरुको प्यानल रहेको दावी गरिएको छ । थापा एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धार हुन, उनको प्यानलमा पनि एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले समर्थित उम्मेद्धार चुनावी प्यानल रहेको छ । थापाको प्यानललाई भने कुनै दल अहिले सम्म आधिकारिक रुपमा समर्थन गरेका छैनन् । चुनावी मैदानमा रहेका आफूलाई स्वतन्त्र प्यानलको अध्यक्ष भनिने जगतबहादुर थापाले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सनिश्चत भएको दावी गरेका छन् । उनले आफू अध्यक्ष भए सामुदायिक वनको अनुहार नै फेर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने, बनको हाता भित्र, सुन्दर फुलबारी, पिकिनिक स्पोट निर्माण, सार्वजनिक कार्याक्रम स्थलको निर्माण र विपन्न तथा गरिब उपभोक्ताहरुको आय—आर्जनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिएका छन् । त्यस्तै सयुक्त उपभोक्ता प्यानलका अध्यक्ष मनबहादुर पुनले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, पुनले भने । सामुदायिक वनको कृयाकलापको बिषयमा समूहको बिधान बमोजिम उपभोक्ताहरु सल्लाह सुझावबाटै बन तथा उपभोक्तामैत्री काम गर्नै पुनले बताए । अहिले नै मैले यो गर्छु त्यो गर्छु भन्दैन मलाई एक पटक अवसर पाए उपभाक्ताहरुको चाहना बमोजिम काम गरेर देखाउँछु उनले भने ।

आईतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा

karamdi2

यसैबीच करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको मंसिर ६ गते आईतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन समितीले शनिबार समूहको कार्यालयमा पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण तयारी पुरा जनाएको हो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म हुने मतदान केन्द्रको तयारी, मतपत्र छपाई, पत्रचार, सुरक्षा व्यवस्थापन, मतगणा व्यवस्थापन, स्वम्सेवक व्यवस्थापन लगायत आन्तरिक सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितीका संयोजक तथा नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए । दिउँसो १ बजे मतदान स्थलमा आईपुग्ने मतदाता उपभोक्ताहरुलाई निर्धक मतदानको व्यवस्था मिलाई संयोजक भुसालको भनाई छ ।

मतदान सकिए लगत्तै मतगणा शुरु गर्ने र राती ७ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने गरी तयारीमा लागेको समेत संयोजक भुसालले बताए । यसैबीच आइृतबार हुने निर्वाचनलाई निश्पक्ष, धाधलिरहित बनाउन स्थानिय राजनितिक दल, सामुदायिक वन संग सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी, उपभोक्ता, मतदाता, उम्मेद्धार सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो