७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पश्चिम नेपालकै नमुना बसपार्क दाङमा

८ मंसिर २०७२, मंगलवार ०८:३१

सन्तोषकुमार गुप्ता, मंसिर ८, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा पश्चिम नेपालकै नमुना बसपार्क निर्माणका लागि बृहत गुरुयोजना स्वीकृत भएको भएको छ । राप्ती अञ्चलको प्रवेशद्धारको रुपमा चिनिने एवम् प्यूठान, रोल्पा, अर्घाखाँचीको मुख्य केन्द्रबिन्दु तथा पूर्व पश्चिम राजमार्गको मध्यबिन्दुमा रहेको भालुवाङ्गमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निर्माणका लागि तयार गरिएको नमुना भालुवाङ्ग बसपार्क बृहत गुरुयोजना स्वीकृत भएको हो ।

map

नमुना बसपार्क निर्माणका लागि झन्डै ११ करोड सहितको बृहत गुरुयोजना स्वीकृत भएको भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीले जानकारी दिए । अत्याधुनिक प्रविधिको बसपार्क निर्माण अन्र्तगत एक प्रहरी पोष्ट, एक अग्नीनियन्त्रण केन्द्र, एक कार्यशाला(वर्कशप), एक पेट्रोलपम्प तथा पचास बढी बहुआयामिक पसलहरुको पनि योजना तयार गरिएको नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । प्यूठान रोल्पा सडक खण्डको पूल्चोक तथा पुरानो भालुवाङ्ग बजारको बीच भागमा रहेको निर्माणधिन बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्न गुरुयोजना स्वीकृत गरिएको भालुवाङ्ग नगर विकास समितीले जानकारी दिएको छ ।

कुल १.७९ हेक्टर क्षेत्रफलमा निर्माण गरिने बसपार्कका लागि कुल लागत खर्च १० करोड ६१ लाख १३ हजार २ सय १३ रुपैयाँ १५ पैसाको अनुमानित बजेट सहितको बृहत गुरुयोजना रहेको अध्यक्ष बुढाथोकीले बताए । निर्माण गरिने अत्याधुनिक बसपार्कमा एक सय बढी विभिन्न सवारी साधन पार्क गर्न सकिने बुढाथोकीको भनाई छ । यस बर्ष अर्थात यस आर्थिक बर्षका लागि ४५ लाख रकम विनियोजन समेत भईसकेको अध्यक्ष बुढाथोकीले बताए ।

५ बर्ष भित्र निर्माण सम्पन्न गरी बस पार्क सञ्चालनमा ल्याउन गुरुयोजना संगै तयार गरिएको नक्सा समेत स्वीकृत भएको छ । यस बर्ष विनियोजित बजेटबाट प्रारम्भिक निर्माण कार्यका लागि ताराबहादुर डिसी अध्यक्ष रहेको पुरानै बसपार्क निर्माण समितीले नै गर्ने नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । स्वीकृत गुरुयोजनाबाट प्रत्येक बर्ष बजेट बृद्धि भएर विनियोजित हुने बताईएको छ । आवश्यक परे बसपार्क निर्माण समिती पूर्नगठन गरिने अन्यथा पुरनै समितीलाई निर्माणको जिम्मा दिईने नगर विकास समितीले जनाएको छ ।

बिगत १० बर्ष पहिले देखि भालुवाङ्गमा बसपार्क निर्माण कार्य शुरु गरिएको भए पनि हाल सम्म कुनै सरकारी तथा गैर सरकारी निकायबाट उचित कदम नचालल्दा अहिले सम्म पनि निर्माधिन बसपार्क सञ्चालनमा आउन सकेको छैन । भालुवाङ्ग नगर विकास समितीमा विगतका समयमा विभिन्न अध्यक्षहरु आए पनि बसपार्क सञ्चालनको बिषयमा ठोस कार्यक्रम ल्याउन नसक्दा निर्माणधिन बसपार्क ओझेलमा परेको थियो ।

बसपार्क सञ्चालनमा नआउँदा अहिले पनि जथाभावी सडकका छेउछाउमा गाडी पाकिङ्ग गर्दा भालुवाङ्ग पुल्चोक बजार नै कुरुप बन्दै गएको छ । तत्कालिन भौतिक योजना तथा सहरी विकास मन्त्री डा. नारायण खड्काको पहल एवम् वर्तमान भालुवाङ्ग नगर विकास समिती अध्यक्ष ओमप्रकाश बुढाथोकीको बिशेष सक्रियतामा संयुक्त सम्भःौता पत्रमा हसताक्षण गरी भावी भालुवाङ्गको सुन्दर भविष्यको परिकल्पना संंगै भालुवाङ्गको इतिहासमा पहिलो पटक यति ठुलो बृहत गुरु योजना स्वीकृत भएको छ । हाम्रो भालुवाङ्ग सुन्दर भालुवाङ्ग भन्ने मुल नाराका साथ देशकै सुविधा सम्पन्न सुन्दर नमुना शहर बनाउने योजनाको तयारीमा समेत लागेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
भालुवाङ्ग नगर विकास समितीको बसपार्क निर्माण कार्यक्रम अन्र्तगत राजधानी काठमाडौँको इन्फर्मेसन डिजीमिनेसन ईनिसियटिभ प्रालिले निर्माणधिन भालुवाङ्ग बसपार्क स्थलको बिस्तृत सर्वे गरी यस बृहत गुरुयोजनाको नक्सा तयार गरेको हो । बसपार्कमा पानी आपुति, सडक सञ्जाल निर्माण, भौतिक संरचना निर्माण, विद्युतीय संरचना निर्माण, ज्यामीज्याला, बसपार्क स्थल विकास कार्य संरचना निर्माण तथा कन्टेनजेन्सी र भ्याटकर सहित उक्त गुरुयोजना तयार गरिएको छ ।

नेपाल सरकारले दाङ्गको अतिउपेक्षित भालुवाङ्गमा पहिलो पटक यति ठुलो रकम सहितको गुरुयोजना स्वीकृत गरेकामा भालुवाङ्गबासी हर्षित भएका छन् । बसपार्क निर्माण संगै भालुवाङ्ग बजार बृहत शहरी हुन र सुन्दर शहर बनाउन सहयोग मिल्ने उनीहरुले बताएका छन् । भालुवाङ्ग नगर विकासको यो पहलकदमी प्रति सम्पूर्ण भालुवाङ्ग पुल्चोकबासीले स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी