१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिद्युत महसुल नबुझाएका ७४ जनाको लाइन काटियो

९ मंसिर २०७२, बुधबार ०७:२४

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । समयमा विद्युत महसुल नबुझाएका ७४ जना उपभोक्ताको लाइन काटिएको विद्युत प्राधिकरण बितरण शाखा घोराहीले जनाएको छ ।

तीन महिनासम्म लगातार विद्युत महसुल नबुझाएको भन्दै ६ वटा संघसंस्था र ६८ व्यक्तिगत लाइन काटिएको कार्यालयले जनाएको छ । जसबाट ८ लाख २२ हजार ७ सय ५७ रुपैया महसुल उठ्नुपर्ने हुन्छ । ७४ मध्ये ४८ जनाले लाइन काटिएपछि विद्युत महसल बुझाएका छन् । जसबाट ५ लाख ३४ हजार ५ सय ५७ रुपैया संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच पछिल्लो समय विद्युत चुहावट न्यून रहेको बताएको छ । यस आर्थिक वर्षको दुई महिनाको अवधीमा ९ दशमलव ४६ प्रतिशत चुहावट भएको कार्यालयका प्रमुख बाबुराम सुवेदीले बताउनुभयो । बिशेषतः हुक गरेर लाइन तान्दा विद्युत चुहावट हुने गरेको छ । यस्तै कार्यालयले रुखका हाँगा काटेर तारहरु सुरक्षित गराउने कार्य भइरहेको बताएको छ ।

विद्युत प्राधिकरण बितरण शाखाअन्तर्गत ४० हजार ग्राहक संख्या रहेको छ । मिटर समयमा उपलब्ध हुन नसक्दा पनि विद्युत चुहावट हुने गरेको छ । नयाँ घर बनाएकाहरुलाई सीमित समयका लागि छिमेकीको घरबाट लाइन तान्न सकिने प्रावधान मिलाइएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हनुमानढोका दरबार क्षेत्रको आम्दानी बढ्यो आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा