१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया गाविसका ९ वटै वडामा योजना छनोट भेला गरिने

९ मंसिर २०७२, बुधबार ०८:४५

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसले योजना छनोटका गाविसका नौ वटै वटाहरुमा योजना छनोट वडा भेला गर्ने भएको छ । गाविस सचिव दामोदर पोख्रेललेको अध्यक्षतामा मंगलबार गाविस भवनमा भएको बैठकले सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अन्र्तगत मंसिर १७ गते देखि २७ गते सम्म गाविसका सबै वडाहरुमा छुट्टाछुट्टै वडा भेला गर्ने निर्णय गरेको हो ।
अगामी हुने १९ औँ गाउँ परिषद्का तथा आर्थिक बर्ष २०७३÷०७४ का लागि बस्तीस्तर बाटै माग भएका योजनाहरुलाई गाउँ परिषद्बाट आवश्यक बजेट विनियोजन गर्न सबै वडाहरुमा योजना छनोट वडा भेला गर्न मिति तय समेत गरिएको गाविसले जनाएको छ ।

जस अन्र्तगत मंसिर १८ गते वार्ड नम्बर १ को सार्वजनिक भवन बसन्तपुर, मंसिर १९ गते वार्ड नम्बर २ को प्रावि खुरुरिया स्कुल प्रगाण, मंसिर २० गते वार्ड नम्बर ३ को हनुमानगढी मन्दिर भालुवाङ्ग, मंसिर २१ गते वार्ड नम्बर ४ को भगवती मन्दिर लालमटिया र मंसिर २२ गते वार्ड नम्बर ५ को खिनैटा मरुवामा वडा भेला गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मंसिर २३ गते वार्ड नम्बर ६ को सामुदायिक भवन मौरीघाट, मंसिर २४ गते वार्ड नम्बर ७ को करम्दी सामुदायिक वनको प्रगाण, मंसिर २५ गते वार्ड नम्बर ८ को घण्टदेव सामुदायिक वनको प्रगाण र मंसिर २७ गते वार्ड नम्बर ९ को शान्ति सामुदायिक वनको प्रगाणमा वार्ड भेला गर्ने निर्णय गरेको छ । गाउँ परिषद्को मिति भने गाविसको अगामी बैठकले गर्ने बताईएको छ ।

गाविसका प्राविधिक सहायक ऋषिकेस क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेृकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका अनुप चौधरी, राप्रपा नेपालका बााबुराम मल्ल, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, राप्रपाका टेकबहादुर गिरी, थरुहट तराई पार्टीका सनिराम चौधरी, संघीयलाकेतानित्रक मञ्च थरुहटका रामप्रसाद चौधरी, गाविस वोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकीका ईन्चार्ज नवराज न्यौपानेले आ—आफ्नो धारणा राखेका थिए ।

त्यस्तै बैठकमा लालमटिया गाविस स्तरिय कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, महिला सञ्जालकी अध्यक्ष सरस्वती पोख्रेल, वार्ड नागरिक मञ्चका संयोजकहरु शरदा भुसाल, शान्ति विक, कैलाश चौधरी लोकबहादुर चौधरी, दुर्गाप्रसाद शर्मा, सिता आचार्य, प्रेमा चौधरी, सुहारा कार्यक्रमका बुद्धिराम चौधरी, सामुदायिक मेलमिलाप केन्द्र लालमटियाकी संयोजक तुलसा गिरी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र बिदुर एमसीले पनि बोलेका थिए । बेठकको सहर्जीकरण गाविसका सह—लेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने