2026-06-28 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिए…

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । मालपोत कार्यालय दाङमा सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिएको पाइएको छ । कार्यालयले सूचना प्रवाहको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीहरु अलमलिएको देखिएको छ ।

यस्तै कार्यालयमा सम्बन्धित फाँट देखिने गरी लेखिएका बोर्डहरु व्यवस्थित छैनन् । जसका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् । उता कार्यालयले भने दर्ता फाँटमै सेवाग्राहीहरुले सोधपुछ गर्न सकिने गरी व्यवस्था मिलाइएको बताउँछ । मालपोत कार्यालयमा सूचना अधिकारीको जिम्मेवारी भुपेन्द्र देवकोटालाई दिइए पनि दर्ता फाँटमा पनि सोधपुछ गर्न सकिने कार्यालयले बताएको छ ।

यस्तै, दुई वर्षअघि कार्यालय परिसरमै निर्माण थालिएको बैंक काउण्टर बजेट अभावका कारण अलपत्र परेको कार्यालयले बताएको छ । कार्यालयमा संकलन भएको राजश्व बैंक काउण्टरमा संकलित गर्ने उद्देश्यले निर्माण थालिएको बैंक काउण्टर बजेट नभएर रोकिएको छ ।

जसका लागि केन्द्रमा १ लाख ११ हजार ४ सय ४५ रुपैयाँ बजेट माग गरिएको मालपोत कार्यालयका प्रमुख लालमणी ओझाले जानकारी दिए । अहिले निर्माण कार्य रोकिएको छ ।

यसैबीच तामेलीहरु फाइलमा अव्यवस्थित हुँदा सेवाग्राहीहरुले ढिलासुस्ती भएको बताएका छन् । राजिनामा लिखत पास भएका हजारौ तामेलीहरु फाइलिङ सिस्टमबाट नराखिँदा सेवाग्राहीहरुलाई सेवाप्रवाहमा अफ्ठेरो हुने गरेको छ । काम धेरै हुने कार्यालय भए पनि बजेट थोरै आउने गरेको उनले जानकारी दिए ।

गत साउनदेखि कार्तिकसम्म ४ सय ८७ वटा कम्प्यूटर प्रणालीमार्फत् पुर्जा बितरण गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका प्रमुख ओझाले अबको केहि समयमै मालपोत कार्यालय लमहीमा पनि रहने जानकारी दिए ।

त्यसका लागि केन्द्रमा छलफल भइरहेको उनको भनाइ छ । कार्यालयले चौमासिक रुपमा गरेका क्रियाकलापहरुको अपडेट गर्न ढिलाई गरेको पनि पाइएको छ । कार्यालय प्रमुख ओझाका अनुसार अपडेट गर्ने काम छिट्टै हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी