Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सवारी साधनको परीक्षणमा कडाइ

२०७५, ११ मंसिर मंगलवार ०८:०४

ज्ञानेन्द्र न्यौपाने | मङ्सिर ११, रसुवा | नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । 

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो । 

प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी क्षेत्रमा यही मङ्सिर १ गते वा १ य १४४६ नम्बरको स्कारपियो जीपमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ६ मोहना गडौली बस्ने ५६ वर्षीय श्रीराम चौधरीका साथबाट रु २६ हजार आठ सय र रौतहट जिल्ला गुजरा नगरपालिका—६ सिमन भवानीका ३२ वर्षीय विकासप्रसाद चौधरीका साथबाट एक हजार आठ सय अमेरिकी डलर फेला परेपछि केरुङ जाने सबै व्यवसायीप्रति निगरानी बढाइएको प्रहरीले बताएको छ । 

पक्राउ परेका ती दुवै जनालाई विदेशी मुद्रा गैरकानुनी तवरले अपचलन गरेको आरोपमा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकिएको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । रसुवा प्रहरीबाट बरामद भएको अमेरिकी डलरकोे रुपैयाँ नेपालीमा रुपान्तरण गर्दा रु ३२ लाख ९९ हजार ८६८ कायम भएको र मुद्दा दायर गर्ने तयारी भइरहेको राजस्व अनुसन्धान विभागले बताएको छ । 

यस्तै गस्तीका माध्यमबाट ट्राफिक प्रहरीले सवारी साधनको मापदण्ड र नेपाल प्रहरीले सवारी साधनमा सवार व्यक्तिको लेखाजोखा एवं निगरानी तीव्रता दिएको प्रहरी प्रमुख तामाङले बताउनुभयो । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा राजमार्ग भएकाले नेपाली सेनासमेत बेत्रावतीदेखि रसुवागढीसम्म ११ भन्दा बढी सुरक्षा चौकीको अलावा ठाउँ ठाउँमा गस्तीका प्रहरीले समेत परीक्षण गरी गैह्रकानुनी क्रियाकलाप रोक्ने कार्य गरिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै