2026-10-15 11:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दूषित पानी पिउन बाध्य छन् जुम्लाबासि

मङ्सिर १२, जुम्ला | स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताउनुभयो । 

मानवीय आधारभूत आवश्यकता खानेपानी पछिल्लो समय निकै अभाव हुन थालेको छ । वन फँडानीले मुहान सुकेपछि पानीको हाहाकार भएको हो भने कतै, स्रोत हुँदा पनि व्यवस्थापन नहुँदा पानीको अभाव भएको छ भने, कतै बनेका धारा पाटी पौवा दीर्घकालीन नहुँदा पनि पानीको अभाव कर्णालीका नागरिकले भोगिरहेका छन् । 

चौकीदार दीपक बूढाले भन्नुभयोे, “एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन् । अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको उल्लेख गर्नुभयो । हुँदाहुँदा अनियमितता, दैनिक पिउने पानीमा पनि देखियो, उहाँले भन्नुभयो, गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन्, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न पुगेको उहाँको भनाइ छ । 

जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी चौकीदार बूढाले दिनुभयो । तर अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गर्दछन् । स्थानीय महिला कुइरी दमाईंले भन्नुभयो, “धारा बन्द भएपछि, नदीको पानी खाएर रुघाखोकी लाग्ने अवस्था छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो