७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

महाप्रभु सहकारीको साधारणसभा सम्पन्न

२० मंसिर २०७२, आईतवार ०४:५६

सन्तोषकुमार गुप्ता/ मंसिर २०, भालुवाङ्ग । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आठौँ बार्षिक साधारणसभा शनिबार मुनलाईट उच्च मावि लालमटियाको प्रगाणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् दाङ्ग जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा दाङ्ग बचता तथा ऋण सहकारी संघकी जिल्ला उपाध्यक्ष हुमाकुमारी डिसीको बिशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिती संयोजक रुकमाङ्गत ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाको माध्यमबाट नै देशको गरिबी निवारण गर्न महत्वपूर्ण खेलेको बताएका थिए । उनीहरुले सहकारी संस्थाहरुलाई राज्यले ठोक निति बनाएर लागु गर्न सके एक बर्ष भित्रै ९० प्रतिशत गरिबी तथा बेरोजगारी समस्या हल गर्न सकिने समेत बताएका थिए ।

dang1
सभामा संस्थाका व्यवस्थापक गुरुप्रसाद ज्ञवालीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक बर्ष २०७१÷०७२ को २४ करोड ५८ लाख २ हजार ६ सय ६० रुपैयाँ ८७ पैसाको आय व्यय तथा आर्थिक बर्ष २०७२/०७३ को २८ करोड ७८ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६२ पैसाको आय व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७१/०७२ मा ७२ लाख ७३ हजार २ सय ३७

रुपैयाँ ३४ पैसा नाफा गर्न सफल भएको छ । गत बर्ष भन्दा यस बर्ष संस्थाले ४३.०६ प्रतिशतले नाफा बृद्धि भएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

dang 2
सो अवसरमा संस्थाका संस्थापक तथा जेष्ठ नागरिक रबिलाल न्यौपाने, बसन्तराज आचार्य, असर ऋणी कमलादेवी आचार्य, असल खुत्रुके बचतकर्ता शान्ता श्रेष्ठ र लगनशिल कर्मचारी शिशिर चौधरीलाई नगद र प्रमाण—पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा लालमटिया गाविस सचिव दामोदर पोख्रेल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष शिवध्वज मल्ल, जनजिविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, लालमटिया बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, सााग्रिल डेभलभमेनट बैङ्क शाखा कार्यालय भालुवाङ्गका प्रमुख जीवन डिसी र सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो