2026-09-18 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

महाप्रभु सहकारीको साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता/ मंसिर २०, भालुवाङ्ग । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आठौँ बार्षिक साधारणसभा शनिबार मुनलाईट उच्च मावि लालमटियाको प्रगाणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् दाङ्ग जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा दाङ्ग बचता तथा ऋण सहकारी संघकी जिल्ला उपाध्यक्ष हुमाकुमारी डिसीको बिशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिती संयोजक रुकमाङ्गत ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाको माध्यमबाट नै देशको गरिबी निवारण गर्न महत्वपूर्ण खेलेको बताएका थिए । उनीहरुले सहकारी संस्थाहरुलाई राज्यले ठोक निति बनाएर लागु गर्न सके एक बर्ष भित्रै ९० प्रतिशत गरिबी तथा बेरोजगारी समस्या हल गर्न सकिने समेत बताएका थिए ।

dang1
सभामा संस्थाका व्यवस्थापक गुरुप्रसाद ज्ञवालीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक बर्ष २०७१÷०७२ को २४ करोड ५८ लाख २ हजार ६ सय ६० रुपैयाँ ८७ पैसाको आय व्यय तथा आर्थिक बर्ष २०७२/०७३ को २८ करोड ७८ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६२ पैसाको आय व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७१/०७२ मा ७२ लाख ७३ हजार २ सय ३७

रुपैयाँ ३४ पैसा नाफा गर्न सफल भएको छ । गत बर्ष भन्दा यस बर्ष संस्थाले ४३.०६ प्रतिशतले नाफा बृद्धि भएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

dang 2
सो अवसरमा संस्थाका संस्थापक तथा जेष्ठ नागरिक रबिलाल न्यौपाने, बसन्तराज आचार्य, असर ऋणी कमलादेवी आचार्य, असल खुत्रुके बचतकर्ता शान्ता श्रेष्ठ र लगनशिल कर्मचारी शिशिर चौधरीलाई नगद र प्रमाण—पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा लालमटिया गाविस सचिव दामोदर पोख्रेल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष शिवध्वज मल्ल, जनजिविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, लालमटिया बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, सााग्रिल डेभलभमेनट बैङ्क शाखा कार्यालय भालुवाङ्गका प्रमुख जीवन डिसी र सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई