१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा मानव अधिकार दिवस मनाईयो

२६ मंसिर २०७२, शनिबार १२:४३

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

“हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्ने मुल नाराका साथ जिल्ला मानव अधिकार कार्यालय दाङ्गको आयोजनामा भएको ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले भारत जस्तो छिमेकी मूलकले नाकाबन्दी लगाउँदा समेत अन्तर्राष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरु मौन बस्नु दुखको बिषय रहेको बताएका थिए । अघिपछि मानव अधिकारको ढ्याँग्रो बजाउने मानव अधिकारबादी कहाँ छन् बक्ताहरुले प्रतिप्रश्न गरे । उनीहरुले मानव अधिकार कागजमा मात्र सिमित भएको बताउँदै मानव अधिकारको रक्षाका लागि अधिकार माग्दा कर्तव्य पनि भुल्न नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजालको अध्यक्षता एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वाईमाई गणका प्रहरी नायव उपरिक्षक श्याममणि ढकाल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टीका सनिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उच्च मावि मौरीघाटका प्रचार्य सिता रिजाल, सर्वोदय उच्च माविका सह—प्रचार्य गोबिन्दबहादुर केसी, पूर्व शिक्षक कृष्ण गिरी, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’बाट हटाउन माग अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको : चित्रबहादुर केसी प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान