१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

२७ मंसिर २०७२, आईतवार ००:२०

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत्येक बर्ष एशोसनले अधिराज्य भर बिकट गाउँहरुका पशु पालक किसानहरुको समस्यालाई एशोसनको जिल्ला कार्य समितीको आयोजनामा निशुल्क पुश स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ३ हजार बढी गाई, भैसी, बाख्रा र भेडाहरुको उपचार गरिएको छ । जसमा १ हजार २ सय २५ गाई भैसीलाई चरचरे तथा भ्यागुते रोग बिरुद्धको भ्याक्सिन, ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन, १ सय ५० बाख्रा तथा गोरुलाई बन्धाकरण, २ हजार २ सय २५ पशुहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यले जानकारी दिए । शिविरमा छाला, बाझोपन र प्रजनन् सम्बन्धी समस्या देखिएको अध्यक्ष आचार्यले बताए । शिविरमा ४० जना बढी निजी तथा सरकारी पशु प्राविधिकहरुको सहभागिता रहेको थियो । जसमा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसालको नेतृत्वमा ३२ जना जुनियर पशु प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । शिविरबाट उक्त गाउँका २ सय बढी पशुपालक किसानहरु प्रत्यक्ष लाभन्दित भएका छन् । बड्हराका पशुपालक किसानहरु आफ्ना पशुचौपायको उपचारका लागि कि त लमही कि त भालुवाङ्ग आउनु पर्ने बाध्यता रहेको किसानहरुको भनाई छ । गाउँमै पशु प्राविधिकहरुले निशुल्क स्वास्थ्य शिविर चलाएको त्यहाँका किसानहरु उत्साहित भएका थिए ।

नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यको अध्यक्षता एवम् गोबरडिहा गाविसका लेखापाल कुलबहादुर कुमालको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी तथा सरकारी स्तरका पशु प्राविधिकहरुले एकै थलोबाट किसानहरुलाइृ सेवा प्रभाव गर्नु अत्यन्तै सकरात्मक कार्य भएको भन्दै प्रशंसा समेत गरेका थिए । नेब्लाका केन्द्रिय प्रचार विभाग सह—ईन्चार्ज हेमराज आचार्यको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल, कुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव नवराज शर्मा, पत्रकार सन्तोषकुमार गुप्ता, पशु प्राविधिकहरु अन्नत रेग्मी, रामप्रसाद चौधरी, खेम चौधरी र शिवराज न्यौपाने लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेब्लाका देउखुरी क्षेत्रिय समितीका सह—सचिव कृष्ण बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने