१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जोत्दै आएको आधा जमिन माग्दै १५ जिल्लाका गुठी किसान दाङमा

२८ मंसिर २०७२, सोमबार ०२:०४

kishanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । विभिन्न संस्थान तथा गुठीका जग्गा उपभोग गर्दै आएका किसानहरुको राष्ट्रिय भेला दाङमा सुरुभएको छ ।

गुठीको जग्गा कमाउदै आएका सैयौ किसानहरुको उपस्थितीमा घोराहीको झिगौरामा आईतबारबाट राष्ट्रिय भेला सुरु भएको हो ।

घोराहीको कर्मचारी मिलन केन्द्रमा जम्मा भएका सैयौँ किसानहरुले विशाल (याली गर्दै जिविस रोड हुदै जिल्ला प्रशासनको अगाडिबाट झिगौरा पुगेरका भेला आयोजना गरेका छन् । नेपालको ५८ जिल्लामा किसानहरु विभिन्न संस्थान र गुठीका जग्गा जोत्दै आएका छन् भने राष्ट्रिय भेलामा १३ जिल्लाबाट किसानहरु आएका छन् ।

जोतभोग र कुत तिर्दै आएको जग्गा मध्य आधा जग्गा किसानहरुले पाउनु पर्ने मुख्य माग गर्दै किसानहरुले दवाब (याली सँगै भेलाको आयोजना गरेको स्वर्गद्धारी गुठी पिडित किसान संघर्ष समितिका अध्यक्ष सहदेब थारुले बताउनुभयो ।

गुठी जग्गा रैकर गर्नु पर्ने, बक्यौता मिनाह गर्नुपर्ने, सुरक्षित घरबार हुनुपर्ने र आश्रम सञ्चालनको व्यवस्था सरकारले गर्नुपर्ने लगाएतका माग राख्दै आन्दोलन स्वरुप पनि भेला गरिएको थारुको भनाई छ ।

दाङ सहित दैलेख, डढेल्धुरा, बैतडी, पाल्पा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, प्युठान, महोत्तरी सहित १५ जिल्लाका गुठी किसानहरुको भेलामा उपस्थिती रहेको छ ।

राष्ट्रिय भुमी अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीको अध्यक्षता एवं राष्ट्रिय गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेलाको उद्घाटन गरिएको छ ।

तीन दिन सम्म चल्ने भेलामा अहिलेको अबस्थाको समिक्षा र अबको दवाव तथा आन्दोलनका बारेमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाः ‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’ नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव प्रहरीसँग झडप भएपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक बोलाए आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाइ आज पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदै कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी सांसद लिङ्देनले सदनमा माफी माग्नुपर्ने प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ‘नेपालको जलवायु मुद्दाको केन्द्रमा बालबालिका तथा युवा’