मङ्सिर २१, जिरी | बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।

मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्यो। बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पार्यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पुर्याएर सोधपुछ शुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो ।

प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पुर्यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । =

बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जङ्गलमा लुकाएर राखिएको अवस्थामा भेटियो । पाठकले निवेदन माग गरेका एउटा क्यामेराबाहेकका सबै सामान ती बालकबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामान चोरी भएका थिए । सामान चोरी भएको थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिएन । यो घटनापछि दोलखाको गौरीशङ्कर बालगृहका बालबालिका चोरीका घटनामा संलग्न भएको पाइएको छ । अहिले प्रहरीले ती बालक चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।

पछिल्लो समयमा चरिकोट बजारमा भएको अधिकांश चोरीका घटनामा बालकको संलग्नता पाइएका बेला गौरीशङ्कर बालगृहका बालकसमेत चोरीमा संलग्न देखिएका हुन् ।

प्रहरी कार्यालयमा बुधबार भिनपा–६ सिमपानी नजिकै घरमा कोही नभएको मौका पारी कटेरो फोडेर क्यामेरा, चाँदीको गरगहनालगायतका सामान चोरी भएको उजुरी परेको थियो ।

दोलखा प्रहरीले केही दिनअघि मात्रै चोरीमा संलग्न चार बालकलाई नियन्त्रणमा लिएको थियो । यही मङ्सिर १६ गते भीमेश्वर नगरपालिका–६ चरिकोटमा एकै दिन सात स्थानमा चोरी भएपछि प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न चार बालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । कम उमेर समूहका बालक चोरीका घटनामा संलग्न भए पनि उनीहरुलाई मुद्दा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नभएका कारण प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ ।

हराएका बालक खोज्दा चोर भेटिएपछि…
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment