2026-06-28 03:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बुहारी ससुराको किरिया बसिन्

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागवत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका–१९ निवासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणी पण्डितलाई वैदिक परमपरा अनुसार हिजो बबई नदीको उरहरी घाटमा दागवत्ती दिएकी हुन् ।

बिहीबार साँझ ६५ वर्षको उमेरमा निधन भएका ससुरालाई दागवत्ती दिएकी बुहारी सावित्रा, शुक्रबारदेखि नै कोरा बारेर छोराजस्तै किरिया समेत बसेकी छिन् । सावित्राका श्रीमान असोक पण्डित हाल रोजगारीका शिलशिलामा मेलेसीयामा छन् । विगत ५ वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार गर्दै आएकी सावित्राले समाजमा जरो गाडेर रहेको कुरिती कुसंसकारलाई चिर्नका लागि दागबत्ति दिएर क्रिया बसेको भन्दै व्यवहारमा कार्यान्वयन गर्न चुनौतिपूर्ण पनि रहेको प्रतिकृया दिएकी छन् ।

समाजमा आफूलाई देखेर कतिपय मानिसहरु मुखामुख गरेर कानेखुसी गर्ने गरेको भन्दै छोरासरह बुहारीले पनि काम गर्न सक्छन् भन्ने सन्देश आफूले दिन सकेकोमा गर्व लागेको बताइन् । बुहारीले सयौं मालामीका बीचमा ससुरालाई दागवत्ती दिएर किरिया बसेको दाङमा यो पहिलो पटक हो । एक मात्र छोराका बाबु शेषमणीकी श्रीमतीको ५ वर्ष अघि निधन भइसकेको थियो । महिलामा चेताको वृद्धिसँंगै दाङमा पछिल्लो समय फाट्फुट् रुपमा एकाध ठाउँमा महिलाहरु मलामा जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी