2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्मचारी भर्नामा अख्तियारको चासो

मंसिर २२, सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रालयले शुरु गरेको करारमा कर्मचारी भर्ना प्रक्रियाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो जनाएको छ । करारमा कर्मचारी नियुक्त प्रक्रियाबारे प्रदेश सरकारका सम्बन्धित मन्त्रालयलाई अख्तियारले सोधेको हो ।

स्वीकृत दरबन्दी र कर्मचारी भर्ना प्रक्रियाका सम्वन्धमा कागजपत्र उपलब्ध गराउन भनेर पत्राचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकृत मेघनाथ सापकोटाले जानकारी दिए । कर्णाली प्रदेशमा संघिय सरकारले खटाएका आधाभन्दा बढी कर्मचारी नआएपछि कामकाजमा समस्या परेको प्रदेश सरकारले बताउँदै आएको छ । प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा गरी प्रदेशमा कूल दुई हजार ३६४ कर्मचारीको दरवन्दी छ । तर अहिलेसम्म एकहजार २१४ जना कर्मचारीको मात्रै पदपूर्ति भएको छ। अझै एकहजार १५० दरवन्दी रिक्त छन् । प्रदेश सरकारका सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयले विज्ञापन आह्वान गरी करारमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरेका छन् । सामाजिक विकास मन्त्रालयले कात्तिक २९ गते सूचना प्रकाशित गरी इञ्जिनियर सेवाका १८ जना प्राविधिक कर्मचारी माग गरेको छ ।

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले कात्तिक ३० गते ११ जना इञ्जिनियरिङ सेवाका प्राविधिक माग गरेको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि कात्तिक २८ गते परामर्श सेवामार्फत सेवा करारअन्तर्गत दरखास्त आहवान गरेको छ । सो मन्त्रालयले एक जना इञ्जिनियर र १० जना सव–इञ्जिनियर माग गरेको छ ।  कर्णाली सरकारका मन्त्रीले कर्मचारीको अभावमा चाहेअनुसार काम गर्न नसकिएको जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव