२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

साढे ६ लाखको लगातमा देउखुरीमा कृषि संकलन केन्द्रको स्थापना

२०७२, ७ पुष मंगलवार ०२:५१

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । दुमदुमा भगवती तरकारी तथा विउ आलु उत्पादक कृषक सहकारी संस्था लमही नगरपालीका वडा नं. ९ खैरीले कृषी उपज संकलन केन्द्र स्थापना गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय दाङ र सहकारी संस्थाको लगानीमा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको हो । संकलन केन्द्रवाट किसानहरुले उत्पादन गरेका तरकारी तथा विउ संकलन गरी बजारीकरण गर्ने, सहुलीयतको रासायनीक मल, विउ, विजन तथा परामर्श किसानहरुलाई उपलब्ध गराउने उद्देश्य राखीएको छ ।

जिल्ला कृषिक विकास कार्यालय दाङको ५ लाख ५६ हजार ९ सय २२ रुपैयाँ र सहकारी संस्थाको ९४ हजार रुपैयाँ गरी कुल ६ लाख ५० हजार १ सय २२ रुपैयाँको लगानीमा कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको हो सोमवार सहकारी संस्थाको ९ औं साधारण सभामा कृषि उपज केन्द्रको उद्घाटन गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष वसन्ता खनालको अध्यक्षता एवम् कृषि सेवा केन्द्र लमहीका प्रमुख महेश अधिकारीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले किसानहरुको जिवनस्तर माथी उकास्न ब्यावसायीक रुपमा विउ आलु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा सहकारी संस्थाको संस्थागत विकासमा सहयोग गरेको भन्दै कृषि सेवा केन्द्र लमहीका प्रमुख महेश अधिकारी, उत्कृष्ठ समुहको रुपमा दुमदुमा कृषक समुह, सहकारी संस्थाका ब्यवस्थापक होमनारायण चौधरी र संस्थाका उपाध्यक्ष शिवलाल पन्थिलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सो अवसरमा सहकारी संस्थाका सचिव डोर बहादुर चौधरीले वार्षिक प्रगती प्रतिवेदन र ब्यवस्थापक होमनारायण चौधरीले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दुमदुमा प्राथमिक विद्यालयकी शिक्षीका राधा चौधरी, गाउँ सुधार समितिका अध्यक्ष जगत प्रसाद चौधरी, कृषक वुद्धिजिवी खुसलराम गौतम, पत्रकार दशरथ घिमिरे, कृषि सेवा केन्द्रका प्राविधिक प्रविण चौधरी लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सहकारी संस्थाका सदस्य दामोदर खनालको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष शिवलाल पन्थिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने