Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहाको ठाढीमा बम विस्फोट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | मङ्सिर २३, सिरहा | सिरहाको ठाढीमा बम बिस्फोट हुँदा दुईजना घाईते भएको छ ।  भारतसंग सिमा जोडिएको भगवानपुर गाँउपालिका बडा नं. ४ ठाढीमा आज बम बिस्फोट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिएका छन् ।

बिस्फोटमा स्थानिय ३० वर्षीय ओमप्रकाश यादव र २६ वर्षीय संजय यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि भारत तर्फ लगिएको प्रवक्ता खरेलले जानकारी दिए ।

गाउँको पुर्बी छेउमा रहेको बलान खोलामा शौच गर्न गएको बेला बेबारिसे अबस्थामा राखिएको झोलालाई उनीहरुले कोट्याउँदा विस्फोट भएको प्रहरीले जनाएको छ । पानपरागको बट्टामा बनाएको बम बिस्फोट भएको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक राजेश थापाले बताए ।

बिस्फोटबारे अनुसन्धान भईरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।