2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेत्रलाल अभागिलाई सम्झियो अनेरास्ववियु दाङले

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । अग्रज र अनुज बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले नेत्रलाल पोडे अभागीलाई सम्झिएको छ ।

तुलसीपुरमा पूर्व बिद्यार्थी तथा युवा समाज र अनेरास्वबियु दाङबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता गरी अनेरास्ववियु दाङले दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल अभागीलाई सम्झिएको हो ।

अभागिको ७१ औँ जन्म स्मृतिको अवसरमा भएको प्रतियोगितामा पूर्व विद्यार्थी तथा युवा समाजले जित हासिल गरेको छ । समाजले २ गोलका बिरुद्ध ३ गोलले अनेरास्वबियु दाङलाई हराएको हो ।

अनेरास्वबियु दाङ जिल्ला अध्यक्ष बिरबल खड्काको कप्तानीमा रहेको अनेरास्वबियु दाङलाई पूर्व बिद्यार्थी समाजका अध्यक्ष पदम केसीको कप्तानीमा रहेको समाजले शुरु देखिनै दबाबमा राखेको थियो ।

विभिन्न रचनात्मक कार्यक्रम गरी हरेक वर्ष अनेरास्वबियुले अभागीलाई संम्झदैँ आएको छ । प्रतियोगिता समापनका अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणी चौधरीले यस्ता खाले रचनात्मक कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास गर्ने बताउनुभयो । साथै अग्रजलाई सम्मान तथा अग्रज र अनुज बीचको सम्बन्ध प्रगाढ बन्ने धारणा राख्नुभयो ।

अनेरास्वबियु दाङ जिल्ला अध्यक्ष बिरबल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङ जिल्ला सचिव हुकुम बस्नेत, उप–सचिव बामदेब खनाल, किसान महासंघका स्थायी समिति सदस्य टिकाराम खड्का, केन्द्रिय सदस्य घनश्याम पाण्डे, अनेरास्वबियु केन्द्रिय सदस्य पवन रिजाल, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगी लगाएले नेत्रलाल अभागीले दंगाली कम्युनिष्ट आन्दोलमा पु(याएको योगदानको चर्चा गर्नुभएको थियो ।

समापन कार्यक्रमको सहजिकरण अनेरास्वबियु जिल्ला सह–सचिव प्रकाश शर्माले गर्नुभएको थियो धन्यबाद ज्ञापन दाङ काठमाण्डौ सम्पर्क कमिटीका अध्यक्ष वर्षात भण्डारीले गर्नुभएको थियो । खेलको अम्पाएरको भूमिकामा अर्जुन भण्डारी रहनुभएको थियो । मेलमा नआएको भए यहाँबाट साभार गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई