३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कान्छी ल्याउने प्रहरी निरीक्षक विरुद्ध बहु विवाहको मुद्धा दर्ता

४ बैशाख २०७३, शनिबार ०७:२३

पूर्णप्रसाद न्यौपाने/बैशाख ४, ओखलढुंगा । ओखलढुंगामा कान्छी ल्याउने प्रहरी
निरीक्षक विरुद्ध बहु विवाहमा मुद्धा दर्ता भएको छ ।

विपत्
व्यवस्थापन महाशाखा कार्यदल काठमाण्डौँमा कार्यरत प्रहरी निरीक्षक चन्द्र बहादुर थापा विरुद्ध जिल्ला
प्रहरी कार्यालय ओखलढुंगामा मुद्धा दर्ता भएको हो ।

सिन्धुली
स्थायी ठेगाना भएका थापाले आफुलाई विवाह गरेर अलपत्र पारी कान्छी ल्याएको भन्दै सोलुखुम्बु माईती भएकी
ईन्दिरा निरौलाले थापा विरुद्ध मुद्धा दिएकी हुन् । स्रोतका अनुसार थापाले ओखलढुंगाकी मेनुका सुवेदीसँग
केहि वर्षअघि दोश्रो विवाह गरेका थिए ।

मुद्धा दर्ता पछि
म्यातथप गरी थापालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको ओखलढुंगाका प्रहरी
प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले बताउनुभयो । ‘अपराध गर्ने जो कोहि लाई पनि सजाय हुनुपर्छ’
शाहले भन्नुभयो ‘प्रहरी अधिकारी आफैँ कानुनको पालना गदैन भने उसलाई लाई झन उन्मुक्ती दिने कुरै भएन’
मुद्धा दर्ता भएपछि थापालाई जागिरबाट निलम्बन गर्नका लागी केन्द्रमा सिफारीस समेत गरीसकेको प्रहरी
प्रमुख शाहको भनाई छ ।

ओखलढुंगा प्रहरीले पछिल्लो समय केहि नयाँ
प्रकृतीका मुद्धा चलाएको छ । जिल्लामा पहिलो पटक एक साता अघि श्रीमती बलात्कारको मुद्धा चलेको थियो भने
केहि दिन अघि मात्रै मादक पदार्थ सेवन गरेर सार्वजानीक सवारी चलाउने चालक विरुद्ध सार्वजानीक अपराधको
मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ओखलढुंगामा उच्च प्रहरी अधिकारीकै विरुद्ध
मुद्धा दर्ता भएको पनि यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’