2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सदरमुकामकै विद्यालय टहरामा

जमुना गजुरेल | मङ्सिर २६, विदुर | विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा सदरमुकाम विदुर नगरपालिका बट्टारस्थित भीमसेन माध्यामिक विद्यालयमा विद्यार्थी लामो समयदेखि टहरोमा पठनपाठन गर्न बाध्य भएका हुन् । 

जिल्लाको केन्द्रमै रहेको विद्यालयको अवस्था त दयनीय छ भने ग्रामीण क्षेत्रको शैक्षिक हालतलाई त यसले झनै प्रष्टसँग प्रतिविम्बित गर्छ । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण विद्यालय भवन भत्किएपछि यहाँ अस्थायी टहरोमा कक्षा सञ्चालन हुँदै आएको थियो । हाल कक्षा १० सम्म पढाइ हुने यस विद्यालयमा २७० जना विद्यार्थी अध्ययनरत छन् । वर्षायामका थुप्रै झरी, हावाहुरी र पुस माघको कठ्याङ्ग्रिदो जाडो झेल्दै आएका विद्यार्थीको अवस्था यस वर्ष पनि जाडो याम शुरु भएसँगै थप कष्टकर बनेको छ । 

‘‘बिहानदेखि साँझसम्म दिनभरी विद्यालयमै दिन बिताउनुपर्छ’’, उक्त विद्यालयमा अध्ययनरत एक छात्राले भनिन्,“तर, समयमै विद्यालयको भवन नबन्दा ढुक्कसँग पढ्न पनि पाइएको छैन ।” उहाँका अनुसार चैत, वैशाखमा हावाहुरी चल्दा पढ्दापढ्दै स्कुल छोडेर ज्यान जोगाउन विद्यार्थी घरतिर हिँड्नुपर्छ । 

वर्षायाममा झरीका कारण दैनिक पठनपाठमा बाधा आइपर्छ भने जाडो मौससममा कठ्याङ्ग्रिदो चिसो र सिरेटोका कारण सुरक्षित रुपमा पढ्न नपाइएको अधिकांश विद्यार्थीको गुनासो छ । 

कक्षा १ देखि १० सम्म नै विद्यार्थी टहरोमा अध्ययन गर्छन् भने विद्यालय अहिलेसम्म पनि निर्माण हुन नसक्दा टहरो वरपर भूकम्पले भत्किएका भवनको भग्नावषेशले विद्यार्थीलाई साढे तीन वर्षअघिको त्यो कहालीलाग्दो त्रासदीले पछ्याइरहेको आभाष हुन्छ । अन्य ठाउँमा विद्यालय भवन यसअघि नै निर्माण भई व्यवस्थित पठनपाठन सञ्चालन भइसक्दा पनि सदरमुकामको यस विद्यालयका विद्यार्थीको पनि सुविधा सम्पन्न भवनमा बसेर पढ्ने ठूलो रहर छ । 

हाल जापान सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण शुरु भएको देखिन्छ । तर निर्माण संस्थाको कामको गति हेर्दा छिट्टै भवन निर्माण सम्पन्न हुने कुनै छाँटकाँट देखिँदैन । यसको प्रत्यक्ष मार विद्यार्थीलाई परेको विद्यालयका प्रधानाध्यापक वासुदेव बानियाँले बताउनुुभयो । 

यतिका समय दुःख कष्ट व्यहोर्दै आएका विद्यार्थीको सुरक्षित र सुविधा सम्पन्न विद्यालय भवनमा बसेर पढ्ने रहर भने अझै मरेको छैन । 

शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ज्ञानेश्वरको सहकार्यमा जाइकाको रु तीन करोड, ८४ लाख ३३ हजारको सहयोगमा १८ कोठे भवन निर्माण गर्ने सम्झौता २०७४ पुष १४ गते भइसकेको छ । 

सम्झौताअनुसार अपाङ्गमैत्री, भूकम्प प्रतिरोधात्मक विशेषतासहितको सुविधा सम्पन्न भवन निर्माण हुनेछ । यही वर्षको चैत महीनाभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने एकवर्षअघि नै सम्झौता भई सोही महीनादेखि नै भवन निर्माण कार्यको थालनी भएको सथयो । अब चार महीनाभित्र सम्पन्न हुनुपर्नेमा हालसम्म ४० प्रतिशत पनि काम नहुँदा समयमै सुरक्षित विद्यालयमा पढ्ने विद्यार्थीको चाहना पूरा हुने देखिँदैन । 

आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत निर्माण हुने यस विद्यालयको निर्माण भोदुङ–ओमबुद्ध जेभीले यसको निर्माण गर्ने जिम्मा पाएको छ । तर, ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण विद्यालयले दैनिक पठनपाठनमा समस्या भोगिरहेको अभिभावक बताउँछन् । 

भवनको अभावसँगै यस विद्यालयमा शौचालयको समस्याले विद्यालयलाई दुर्गन्धित र प्रदूषित बनाउनुका साथै खुला दिसापिसाबका कारण विद्यार्थीमा रोगब्याधी र सङ्क्रमणको खतरा निम्तिएपछि बरु यहाँ नेपाली सेनाले सहयोग पु¥याएको छ । नुवाकोट देवीघाटस्थित नेपाली सेनाको श्रीनाथ गणले छात्रछात्राको लागि पक्की शौचालय निर्माण गरिदिएको छ । खानेपानीको सुविधासहित करीब रु चार लाखको लगानीमा दुईवटा शौचालय निर्माण गरिदिएको थियो । 

सदरमुकाममै रहेको विद्यालय पनि शौचालयबिहीन अवस्थामा सञ्चालन भइरहेको पाएपछि सेनाले आफ्नो लगानीमा निर्माण गरिदिएको गणका प्रमुख सेनानी अञ्जन रुपाखेतीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई