Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा एक वृद्धाको बलात्कारपछि हत्या प्रयास

२०७५, २७ मंसिर बिहीबार ०८:२६

मङ्सिर २७, विदुर ।  नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ ।

विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए ।

राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्तीकरणीपछि हत्या प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर, वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् ।

हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यता अभियुक्त नेपालीलाई बुधबार नै नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश