2026-06-28 04:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका बाढीपीडितहरुको जीवन कष्टकर बन्दै

badhiसन्तोषकुमार गुप्ता/पुस ८, दाङ । पुरन्धारा–९ सिमलकुनाकी तिला वलीले सानो झुपडीमा कहिले जाडो,कहिले घाम, कहिले बर्षा अनि फेरि चिसो काट्न थालेको डेढ बर्ष भयो । २०७० साल साउन महिनामा बबई नदीमा आएको बाढीले भएको घर लगेपछि वलीसँगै उहाँको १० जनाको परिवार झुपडीमा बस्दै आएको छ ।

घरसँगै बाढीले घरमा भएको अन्नपात, लत्ताकपडा, बाख्राहरु लगेपछि झुपडीमा बस्न थाल्नुभएकी वलीलाई घर बनाएर बस्न मन भए पनि बनाउनका लागि आर्थिक श्रोत नहुदा राम्रो घर बनाउन नसकेको बताउनुहुन्छ । ‘बर्सातको पानी, आजभोलिको चिसो सम्झदा घर बनाएर बस्न मन लाग्ने गरेपनि बनाउनका लागि पैसा नहुदा रहर रहरमै सीमित हुने गरेको छन् ।’

छोराछोरीहरु साना छन् कमाउने भएका छैनन् बुढा र आफुले दु।ख गरेर जम्मा गरेको खान लाउन ठिक्क हुने गरेको समेत वली बताउनुहुन्छ । त्यस्तै बबई नदीमा आएको बाढिले घरगोठसँगै भएको घरमा भएको सामानहरु बगाएर लगेपछि दु।खमा परेको बताउनुहुन्छ पुरन्धारा–९ सिमलकुनाकै लोकसिङर बढामगर । ‘बाढीले घरसँगै सम्पतीको नाममा रहेका १६ वटा बाख्रा,दुई वटा भेडा र एउटा गोरुबगाएर लगेपछि त्रिपालमा दिन काट्न थाल्नुभएका लोकसिङ्को त्रिपालबाट झुपडीको छाना टिनको पत्तामा फेरिएपनि अन्य जीवन फेरिन नसकेको बताउनहुुन्छ ।’

‘सरकारले पैसा देला र घर बनाउनला भन्ने आश तँ मरिथाल्यो तर अहिले भएको आफ्नै त्यही जमिनमा पनि राम्रो घर बनाउन पाइदैन लोकसिङ्र बताउनुहुन्छ ।’ बबईले लगाएको घाउँमा राष्ट्रिय निकुञ्ज विस्तारको नाममा समेत पछिल्लो समय आफुहरुलाई दु।ख दिन थालेको लोकसिङ् बताउनुहुन्छ । ‘राष्ट्रिय निकुञ्ज विस्तारको नाममा बन प्रयोग गर्न दिर्दैन, हामीहरुलाई पनि यहाँवाट अनेत्र लग्ने भन्छ चाडै लगे समयमै घर बनाउने हुन्थ्यो नत्र यही घर बनाउन देओस राज्यले लोकसिङ् भन्नुहुन्छ ।’

अहिलेको चिसो र बर्षातको झरीलाई सम्झदा घर बनाउन मन भएपनि आर्थिक अभावका कारण झुपडीमा नै बस्नुपरेको सोही गाउँकै धनविर बुढाले बताउनुहुन्छ । बाढीबाट शरिरमा लगाएको कपडामा मात्र बचाउन सक्नुभएका धनविरको आठ जनाको परिवार अहिले झुपडीमा बस्दै आएको बताउनुहुन्छ । बाढीले सवै लगेर झुपडीमा बस्ने बनाएको भन्दै उहाँले आरकारले आरक्षको नाममा झन दु।ख दिने काम गरेको गुनासो गुर्नुहुन्छ ।

पहिले बाख्राहरु पालेर घर व्यवहारसँगै आर्थिक श्रोतको जोहो गर्ने गेरपनि पछिल्लो समयमा सरकारले त्यस क्षेत्रको वनलाई आरक्षण क्षेत्रको नाममा प्रवेश गर्न नदिने भएपछि गाउँमा कमाउने बाटो नै बन्द भएको समेत धनविर बताउनुहुन्छ । भएको बाढीले लगिसक्यो अब फेरि केही गरम भनेको सरकारले नदिमा माछा मार्नदेखि घरमा कुकुर पाल्न पनि नदिने ठाउँमा आफुहरुलाई राखेर सरकारले दु।खमा दु।ख थप्ने काम गरेको समेत बताउनुहुन्छ ।

यही ठाउँमा राखेर सरकारले दु।ख दिनुभन्दा राम्रो ठाउँ खाजेर सरकारले चाडै लगेर बस्ने व्यवस्था गरिदिए चिसोसँगै बर्षातको झरीवाट बचिने धनविर बताउनुहुन्छ । तिला,लोकसिङ् र धनविरहरु जस्तै पुरन्धारा गाविसमा ७३ घरपरिवारहरु बाढिपीडितहरु रहेका छन । बाढीले घरवार विहिन बनाए पनि राज्यले बसोवासका लागि व्यवस्था नगर्दा अहिले सम्म पनि कष्टकर जीवन विताउन बाध्य छन ।

पुनः उक्त क्षेत्रमा बाढि पस्ने सम्भावनाका साथै उक्त क्षेत्रलाई सरकारले राष्ट्रिय निकुञ्जका रुपमा अघि बढाउने भएपछि उक्त क्षेत्रका बाढिपीडितहरुलाई सरकारले गाविसकै अनेत्र सार्ने योजनामा रहेको छ । त्यही अनुसार बाढिपीडितसँगै स्थानीय राजनीतिक दहरुको सर्वदलिय भेला समेत सम्पन्न भएको छ । भेलाले नमुना बस्तीको लागि पुरन्धरा गाविसको पद्मपुरदेखि पश्चिमतिरको नौ विघा जमिनलाई छनोट गरेको पौडेल बताउनुहुन्छ ।

त्यस्तै विकल्पको रुपमा पुरन्धरा गाविसको हंशपुरको जमिनलाई पनि प्रस्ताव गरेको छ । नयाँ बस्ती विकास गनका लागि हंशपुरभन्दा धेरै तथा मिलेको जमिन भएकाले पद्मपुर नै उपयुक्त हुने भएकाले राजनीतिक दलहरुले उक्त क्षेत्रमा बस्ती बनाउनका लागि प्रस्ताव गरेका छन । दलहरुले प्रस्ताव गरेपनि उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गर्न अहिलेसम्म भवन डिभिजन कार्यालयको टोली जान सकेको छैन । दलहरुले सिफारिस गरेपनि कार्यालयवाट अनुगमण नहुदा नमुना बस्तीको निर्माणसँगै बाढि पीडितहरु कहा बस्ने भन्ने समेत टुङ्गो लाग्न नसकेको नेकपा एमाले पुरन्धाराका अध्यक्ष पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी