2026-11-02 05:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोराकै बिहेमा बाबु–आमासहित छ जनाको मृत्यु, शोकमग्न छन् शम्शेरगञ्जवासी

मङ्सिर २८, राँझा | विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । 

बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, “कसैले कल्पनै नगरेको बज्रपात आइलागेकाले हामी स्तब्ध छौँ ।” 

शम्शेरगञ्जका यज्ञ केसीको विवाहमा चितवनको गीतानगरमा जन्ती गई फर्कदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक बिहीबार बिहान पौने २ बजे एकापसमा ठोक्किँदा बेहुलाका बुवाआमासहित छ जनाको मृत्यु भएको थियो । 

चितवनमा विवाह कार्यक्रम सकिएपछि बेहुलाका बुवा ५३ वर्षीय मानबहादुर केसी र आमा ४५ वर्षीया विमला खत्री, आफन्त र गाउँका अगुवाहरु बेहुला–बेहुली र अन्य जन्तीको गाडीलाई छोडेर घरमा विवाहको मेलोमेसो मिलाउन भन्दै दुई घण्टा अगाडि नै उक्त स्कारपियो जिपमा फर्किएका थिए । 

दुर्घटनामा बेहुलाका बुवाआमा, पाँच वर्षीय भतिज प्रवीण खत्री, स्थानीय ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा चालक २१ वर्षीय यमबहादुर मगर र दुलाहाकी फुपू ४५ वर्षीया गीतादेवी खत्री घाइते हुनुभएको छ । उहाँहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । बेहुलाका बुवा केसी स्थानीय शिवशक्ति मावि पेडारी शम्शेरगञ्जका शिक्षक हुन् । घटनापछि विद्यालयमा अध्ययनरत विद्यार्थी भावविह्वल भएका छन् । शम्शेरगञ्जवासी निःशब्द भएर बसेका छन् । उनीहअरू एकअर्काको मलिन अनुहार हेरिरहन्छन् । 

“बुधबार राति रातिसम्म खुशीयाली थियो, हिजो बिहानदेखि गाउँमा सन्नाटा छाएको छ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “यहाँ सम्झाउनेसम्म मान्छे छैनन् । सबैका आफन्त घटनामा परेका छन् । कसले कसलाई सम्झाइदिने ? हामी अब गर्नुपर्ने धार्मिक काममा खटिएका छौँ ।” 

उहाँका अनुसार, धोजापतकाले सजिएको बिबाह घरमा अहिले शोकले भरिएका आफन्त र गाउँलेहरु जम्मा भएका छन् । मृतकको शव दाङबाट आएपछि सबैको अन्तिम संस्कार गरिने तयारी भइरहेको छ । 

“सोच्दै नसोचेको र कहिल्यै नभएको यो बज्रपातले हामी सबै शोकमग्न छौंँ”, वडाध्यक्ष बस्नेतले भन्नुभयो, “जन्तीमा रमाइलो गर्दै गएका गाउँले फर्किदा मलामी बन्नुपर्या ।” 

राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष एवं छिमेकी गाउँका बासिन्दा मदन वलीले यो दुर्घटनाले सिङ्गो गाउँपालिकावासी नै शोकमग्न भएको बताउनुभयो । गाउँपालिकाभरिकै मानिस स्तब्ध भएर बेहुलाको घरमा जम्मा भएको जानकारी दिँदै उहाँले रातभरको अनिद्राले गर्दा जिप बससँग जुध्न पुगेको हुनसक्ने बताउनुभयो । 

यसैबीच उक्त क्षेत्रकी प्रदेश सांसद कृष्णा केसीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गर्नुभयो । उहाँले बिहीबार विज्ञप्ति जारी गरी दुर्घटना परी निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द