2026-10-15 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

पुस २, धादिङ । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् ।

दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने उनी हुन् ६ वर्षीय सिद्धिबहादुर चेपाङ । बिहान गाउँको बाटो हुँदै विद्यालय जान्छन् । अरु विद्यार्थी आउनुभन्दा अलि पहिला नै विद्यालय पुग्ने सिद्धिबहादुर विद्यालय पुग्ने बित्तिकै दिउँसो खाजा बनाउने ठाउँमा हेर्न पुग्छन् । अघिल्लो दिनको मकै वा चिउरा पोखिएको भेटिए टिपेर खान्छन् । अनि त्यतै वरिपरि घुम्छन् । विद्यालयको पढाइ शुरु हुन्छ । उनी पनि त्यतै सामेल हुन्छन् ।

कक्षाकोठामा उनी पस्छन् । अरु पनि सँगै हुन्छन् । कक्षामा पढाउने शिक्षक आउँछन् । शिक्षक कक्षाबाट बाहिरिएपछि सिद्धिबहादुरलाई कसले के भनेको हो केही थाहा हुँदैन । कोहीसँग नबोल्ने र पढाएको लेख्नसमेत नआउने भएपछि शिक्षकले समेत चासो दिए । उनी त बहिरा पो रहेछन् । ‘अन्य विद्यार्थी पढाएजस्तो पढाउँदा उसले नबुझ्ने भएपछि खाजा खानको लागि मात्र विद्यालय आएजस्तो भएको छ’, विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङ भन्छन् ।

कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा बहिरा विद्यार्थी उनी मात्र होइनन् । कक्षा १ मा अध्ययनरत इतिमाया चेपाङको अवस्था पनि उस्तै छ । उनी दुई वर्षदेखि कक्षा १ मा अध्ययन गर्छिन् । पढाएको नबुझ्ने भएपछि परीक्षामा उत्तीर्ण हुनसमेत सकिनन् । तर उनी नियमित विद्यालय आउने र दिउँसोको खाजाको भरमा आफूलाई बचाइरहेकी छन् ।

बहिरा विद्यार्थीलाई पढाउन विशेष ज्ञानसमेत छैन । अरुसरह पढाउँदा नबुझ्ने र हातको इसाराले केही कुरा सिकाएपछि आफूहरुले उनीहरुलाई खाजाको लागि मात्र बोलाएजस्तो भएको प्रधानाध्यापक तामाङको भनाइ छ ।

उनीहरु मात्र होइन, यस विद्यालयमा चेपाङ बालबालिका मात्र पढ्ने भएकाले गाउँभरिका विद्यार्थीमध्ये आधाजसो भोकै विद्यालय आउँछन् । विद्यालयको खाजा कार्यक्रमका कारण उनीहरुलाई बचाउन सकिएको हो । बाबुआमा काममा जान्छन्, उनीहरुका छोराछोरी विद्यालय गएर दिउँसो १ बजे खाजा खाएर त्यही खाजाको भरमा भोलिपल्ट खाजा खान विद्यालय आउने गरेको पाइन्छ । ५५ विद्यार्थी रहेको यो विद्यालय जब गाउँमा खाद्यान्न सकिएर चेपाङ समुदाय खोले र गिठ्ठाको भरमा बस्छन् तब उनीहरुका बालबालिका सबैजसो विद्यालय आउँछन् र विद्यालयले दिएको खाजा खाएर बाँचिरहेका छन् ।

अधिकांशको कपडा छैन । अँगेनाको छेउमा आगो बालेर सुत्ने र बिहान उठेर त्यही लुगा टकटक्याएर लगाएर विद्यालय आउनु उनीहरुको दिनचर्या नै बनेको छ । पृथ्वीराजमार्गको मलेखुबाट एक घण्टा गाडीको बाटो ताल्ती पुगेपछि करीब तीन घण्टाको पैदल दूरी पार गरेपछि पुगिने चोतेस गाउँ गरीबीले गाँजेको र खानका लागि हरेक दिन सङ्घर्ष गर्नुपरेको गाउँ हो ।

गाउँवासीको अवस्था जस्तै विद्यालय भूकम्पपछि निर्माण गर्ने जिम्मा लिएको निकायले समयमा निर्माण नगर्दा एउटै कोठामा चार कक्षा राखेर पढाइरहेका छन् । गाउँमा धेरै बाठाटाठा नभएको र गरीबीका कारण विद्यालयको बारेमा कसैले सोधीखोजी नगरेपछि काम गर्ने निकायले समेत ढिला गरेको गाउँवासीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने