2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बागमारेवासीले चार वर्ष देखि एउटा ट्रान्फर्मर नपाउँदा अन्धकारमा बस्न बाध्य

सन्तोष कुमार गुप्ता । पुस २८, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस अन्तर्गत पर्ने गुन्डले,अमुवा र छोटेगाउँका बासिन्दाहरु चरवर्ष देखि विजुली वत्ति वाल्ने सपना साँचेरै वस्दै आएका छन् ।

चार वर्ष पहीले गाउँमा विधुत लाइन बिस्तार गर्नको लागि विधुतपोल संगै तार पनि जडान गरिएको थियो । तर चारवर्ष देखि छिट्टै ट्रान्सफर्मर आउने आशामा वसेका स्थानीय तीन गाउँका बासिन्दाहरुको उक्त आषा अहीले सम्मपनि आषामै सिमित हुन पुगेको छ । स्थानीय समाजसुधार युवा क्लबका अध्यक्ष नेत्रबहादुर बुढामगरले भने ‘अबको केही दिनमा ट्रान्सफर्मर जडान हुन्छ भन्ने आश्वासन पाएका थियौं । त्यसैले ६ महिना पहीले नै गाउँका २ सय ५० घरपरिवारले घरमा वायरिङ पनि गरिसकेका छन् तर, अझैं ट्रान्सफर्मर आएन । हामी झनै निराश भएका छौं ।’ उनका अनुसार मिटरबक्सको लागि स्थानीयले नेपाल बिधुत प्राधिकरण कार्यालय तुलसीपुरमा निबेदन दिए पनि हाल सम्म पनि मिटरबक्स समेत उपलब्ध गराइएको छैन । विद्युत कार्यालयले ट्रान्सफर्मर उपलब्ध नभएको वताउँदै मिटरवक्स पनि वितरण गरेको छैन ।

यस बारेमा नेपाल विधुत प्राधिकरण तुलसीपुरका कार्यालय प्रमुख टंकराज गिरीले टान्सफर्मरको लागि आवस्यक बजेट उपलब्ध नभएको तथा जारी नाकाबन्दीको कारणले समस्या भइरहेको बताएका छन् । तर उनले गत साउन महिनामा मिटरबक्सको मागगर्दै आबेदन दिएकाहरुलाई छिट्टै मिटरबक्स उपलब्ध गराउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई