2026-07-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शहिदको सम्झनामा हर्षेडाँडा मन्दिर परिसर सरसफाई

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ ।  शहिद दिवसको अवसरमा शनिबार सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले लालमटियाको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा मन्दिर परिसर सरसफाई गरेको छ ।

लालमटिया गाविसलाई पूर्ण सरसफाई गाविस बनाउन तथा नागरिकहरुमा धार्मिक, समाजिक तथा सार्वजनिक स्थलको संरक्षण सर्बद्धन गर्न सरसफाई गर्नु पर्छ भन्ने सन्देश प्रबाह गर्ने उद्देश्यले सेवा केन्द्रको बार्षिक नियमित तथा मासिक कार्यक्रम अन्र्तगत यस पटक धार्मिक स्थल सरसफाई गरिएको केन्द्रले जनाएको छ । सार्वजनिकस्थलको सरसफाई स्वम् आफैले गर्नु पर्छ भन्ने बानीको विकास गराई सरसफाई कार्यलाई निरन्तरता दिन केन्द्रले यसरी नै महिनाको दुई पटक सार्वजनिक स्थलको सरसफाई गर्ने केन्द्रकी केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेले जानकारी दिईन् ।
dang district - sajha sabalअरुलाई सरसफाई गर्नु भन्दा पनि आफैले सरसफाई गरेर देखाए पछि मात्र उनीहरुले पनि सरसफाई गर्नु पर्छ भन्ने भावनाको विकास हुन्छ त्यसैले हामीले पनि यसरी सरसफाई गरेका हौँ अध्यक्ष न्यौपाने भनिन् । सहिदहरुलाई सम्झने फरक—फरक तरिका हुन्छ, हामीले सहिदको सम्झनामा धार्मिकस्थल सरसफाई ग¥यौँ अध्यक्ष न्यौपानेले भनिन् । वि.सं. १९९७ साल माघ १६ गते तत्कालिन निरकुश राणशाहीले प्रजातन्त्रका खातिर आवाज बुलन्द गर्ने चार होनहार व्यक्तिहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई मृत्यु दण्ड दिएको थियो, सोही दिनको सझनामा प्रत्येक बर्ष माघ १६ गते शहिद दिवस मनाउँदै आएको छ । उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा प्रत्येक बर्ष पु २९ गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ । साथै हर्षेडाँडामा देउखुरी लगायत विभिन्न ठाउँबाट बनभोज खान विभिन्न समूह र घुम्नका लागि युवा युवती, प्रेम जोडी तथा नवदम्पति जोडी समेत आउने गर्दछन् ।
dang district -सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरिक्षक रोहित कुँवरक्षेत्री, अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका ट्राफिक प्रहरी प्रमुख चन्द्र केसी, सेवा केन्द्रका उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सचिव उमेश अधिकारी, कोषाध्यक्ष युवराज भुसाल, सदस्यहरु मालिका आचार्य, शारदा भुसाल, शान्ति विक, सरस्वती पोख्रेल, कमला गिरी, केन्द्रका कार्यालय प्रमुख तथा सामुदायिक प्रहरी अमृत कठायत, सञ्चारकर्मी विदुर एमसी, इराधा झाँक्री लगायतको उपस्थति रहेको थियो ।

dang

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक