By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    3 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    8 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिर्घकालिन फोहर व्यवस्थापनका लागि जुरुमुराए लालमटियाबासी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > दिर्घकालिन फोहर व्यवस्थापनका लागि जुरुमुराए लालमटियाबासी
दाङ्ग - DNGसमाज

दिर्घकालिन फोहर व्यवस्थापनका लागि जुरुमुराए लालमटियाबासी

साझासवाल
Last updated: February 23, 2016 12:57 pm
साझासवाल
6 Min Read
Share

dang newsसन्तोषकुमार गुप्ता/फागुन ११, भालुवाङ् । बिगतका दिनमा भालुवाङ्ग पुल्चोक बजारमा बढ्दै गएको फोहर व्यवस्थापनलाई मात्र कसरी दिर्घकालिन व्यवस्थापन गर्ने भन्दै छलफल गरिदै आएको थियो ।

दर्जनौ पटक विभिन्न सरोकारवालाहरु संग छलफल र बैठक बस्दै आएको भए पनि दिर्घकालिन फोहर व्यवस्थापन गर्न नेपाल सरकारद्धारा स्वीकृत भएको अत्याधुनिक सुविधा सम्पन्न ल्याण्डफिलसाईत निर्माणका लागि राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङ्ग संग ठाउँको बिषयमा सहमति हुन नसक्दा अन्योलमा परेको भए पनि अब तत्काल ल्याण्डफिल निर्माण कार्य अगाडी बढाउने गरी एक पटक फेरि लालमटियाबासी सक्रिय भएका छन् ।

राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको आयोजनामा मंगलबार संघकै सभाहलमा फोहर व्यवस्थापन तथा ल्याण्डफिल निर्माण लागि भएको सर्वदलीय सर्वपक्षीय भेलाले अब भालुवाङ्ग पुल्चोक बजारको फोहर व्यवस्थापन मात्र नभई सिंगो लालमटिया गाविसकै दिर्घकालिन फोहर व्यवस्थापनका लागि प्राविधिक तथा सरोकारवालाहरुले छनोट गरी तयार भएर आएको अत्याधुनिक सुविधा सम्पन्न ल्याण्डफिल गुरुयोजना सोही ठाउँ मै तत्काल निर्माण कार्य सुरुवात गर्ने गरी ल्याण्डफिल निर्माण समन्वय समिती गठन गरेको छ ।

नगरउन्मुख गाविसमा सुविधा सम्पन्न ल्याण्डफिल निर्माणको अवधारणा अनुरुप जसरी भए पनि यस बर्ष देखि उक्त ल्याण्डफिल निर्माण कार्य सुरुवात गर्ने गरी लालमटिया गाविस सचिव दामोदर पोख्रेलको संयोजकत्वमा उक्त ल्याण्डफिल निर्माण समन्वय समिती गठन गरिएको हो । गठित उक्त समितीको सदस्यहरुमा गाविसमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनितिक दल, भालुवाङ्ग नगर विकास समिती, राप्ती उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय भालुवाङ्ग, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्ग, गाविसका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह, सम्पूर्ण खानेपानी तथा सरसफाई उभोक्ता समिती, लालमटिया स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, पशु क्वारेन्टाईम, हुलाक कार्यालय र अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्ग रहेका छन् ।

गठित समितीले प्राविधिक तथा स्थानिय सरोकारवालाहरुले छनोट गरी स्वीकृत भई आएको ल्याण्डफिल निर्माणका लागि सम्बन्धित राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङ्गका कार्य समिती संग पुन छलफल गरी सहमति गराई निर्माण कार्य अगाडी बढाउने बताईएको छ । स्थानिय विकास मन्त्रालय अन्र्तगत साना सिँचाई कार्यक्रमको १ करोड ९७ लाख लागत स्टिमेट रहेको उक्त ल्याण्डफिल गुरुयोजना अन्र्तगत यस चालु आर्थिक बर्ष २०७२÷०७३ का लागि २० लाख रकम बिनियोजन भएको गाविस सचिव दामोदर पोख्रेलले जानकारी दिए ।

क्रमागत योजना अन्र्तगत यस बर्ष उक्त २० लाख बजेट बिनियोजन भएको सचिव पोख्रेलले बताए । यो बजेट प्रत्येक बर्ष बढेर बनाउन र निर्माण कार्य गर्दा अपुग भए थप बजेट विनियोजन हुने पोख्रेलले बताए । यो अनुमानित स्टिमेट मात्र हो तर उक्त सुविधा सम्पन्न ल्याण्डफिल निर्माणका लागि यो बजेट अपुग हुने भएका लागि थप बजेटको माग गरिने पोख्रेलको भनाई छ ।

गत बर्ष राप्ती सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले बिरोद्ध गरे पछि ल्याण्डफिल साईट निर्माणका लागि बिनियोजन भएको १५ लाख बजेट फिर्ता भएको थियो । यस बर्ष कुनै पनि हालतमा निर्माण कार्य अगाडी बढाउने विनियोजन भएको बजेट फिर्ता हुन नदिने राप्ती उवासंघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । हामीले बिगत तीन बर्ष यता भालुवाङ्ग पुल्चोक बजारमा बढ्दै गएको फोहर व्यवस्थापन गर्न गाविसका सरोकारवालाहरु संग छलफल ग¥यौँ तर कही कतै बाट सहयोग हुनुको साटो बिरोद्ध मात्र आयो त्यसैले फोहर व्यवस्थापनको काम केही अन्योलमा परेको भए पनि अब भन्ने निर्माण कार्य नरोकिने डिसीको भनाई छ ।

ल्याण्डफिल साईट तथा ठाउँको बिषयमा सर्वसाधारणलाई जानकारी नहुँदा बिरोध भएको थियो तर अब त्यसो नहुने अध्यक्ष डिसीले भने । फोहर व्यवस्थापनका लागि अहिले सम्म कसैले पनि कुनै व्यवस्था नगर्दा भालुवाङ्ग पुल्चोकका व्यपारीहरुले दिनदाहदै बजारको फोहर बजार नजिक रहेको राप्ती नदी तथा नहरमा फाल्दै आएका छन् । जथाभावी नदी तथा नहरमा फोहर फाल्दा एकातिर नदी दुर्गन्धित हुदै गएको छ, भने आर्को तिर उक्त नदी तथा नहर प्रयोग गर्ने किसान तथा सर्वसाधारणले बिरोद्ध समेत गदै आएका छन् ।

नहरबाट खेतीपाती सयौ किसानहरुको खेतबारीमा बजारका फोहर प्लाष्टिक तथा सिसाका टुक्राहरु जने गरेकोमा किसान हुकुमबहादुर बस्नेत र गुरुप्रसाद ज्ञवाली कडा रुपमा बिरोद्ध समेत गरे । के हामी तपाईहरुको हामी गुहुमुट खान बसेका छौँ, तत्काल बजारको व्यवस्थापन गर्नुस् हैन भने हामी जस्तो सुकै कदम अगाडी बढाउन सक्छौ किसान बस्नेत आर्कोश व्यक्त गरे । बजारको फोहरकै कारण कृषि बाली उत्पादनमा समेत व्यापक कमी भएको आर्को किसान ज्ञवालीले भने । तत्काल दिर्घकालिन फोहर व्यवस्थापन गर्नुको बिकल्प छैन सबै मिलेर ल्याण्डफिल साईट बनाउन तिर लाग्नु पर्छ ज्ञवालीले भने ।

संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको सर्वदलीय सर्वपक्षीय भेलामा लालमटिया गाविस सचिव दामोदर पोख्रेल, नेपाली काँग्रेसका प्रतिनिधि तथा संघका सल्लाहकार नुमानन्द सुवेदी, एमालेका टोपबहादुर झाँक्री, एमाओवादीका नारायण शर्मा, राप्रपा नेपालका बाबुराम मल्ल, राष्ट्रिय जनमोर्चाका रमेशमान गुरुङ्ग, लालमटिया गाविसका निवर्तमान अध्यक्ष सुर्यप्रकाश शर्मा, भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकी, संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, संघकै निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका सशस्त्र प्रहरी निरिक्षक गोबिन्दबहादुर कुँवर र भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की आ—आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यस्तै भेलामा लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गुरुप्रसाद ज्ञवाली, रामजहदी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, करम्दी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मनबहादुर पुन, संघका पूर्व महासचिव लेखनाथ भुसाल, समाजसेवी ऋषिराम बस्नेत, सलिम शाह, यामबहादुर केसी, प्रेमनारायण खनाल, शोपबहादुर बिष्ट, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी, व्यपारी बाबुराम थापा, बबर अलि, संघका बरिष्ठ उपाध्यक्ष रिखिराम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सदस्य बृहस्पति श्रेष्ठ, जगबीर चौधरी लगायतकाले आ—आफ्नो धारणा व्यक्त गरेका थिए । भेलाको सहर्जीकरण संघका सचिव प्रेमबहादुर केसी र संघका कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article दिर्घकालिन फोहर व्यवस्थापनका लागि जुरुमुराए लालमटियाबासी
Next Article डोटीमा झुण्डिएर मोहन गरे आत्महत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

57 years ago
भक्तपुर - BKTसमाज

बिरामीको मृत्युपछि नागरिक अस्पताल दिनभर तनावग्रस्त

57 years ago
अछाम - ACMकन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLडडेलधुरा - DDLडोटी - DTदार्चुला - DCLबझाङ्ग - BJNबाजुरा - BJRसमाज

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित, कुन जिल्लामा कति संक्रमित ?

57 years ago

पर्वतमा पाँच लायन्स क्लबहरुको संयुक्त पदस्थापना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?