2026-07-25 01:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जिल्ला प्रशासन कार्यालयमै छैन व्यवस्थित शौचालय

पुस १३, विदुर | नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ । 

“छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरबाट त राम्रो सानो भवनै जस्तो देखिने चिटिक्कको थियो, भित्र जाँदा त के हेरिसाध्य रैछर”, सेवाग्राही निर्मला वस्तीले बताउनुभयो । 

निर्मला मात्र हैन छोरीको नागरिकता बनाइदिन आएका कृष्ण वस्ती पनि दिसा गर्न जाँदा शौचालय फोहोर भएपछि र पानीको अभाव देखेपछि बाहिर होटलबाट मिनिरल वाटर किनेर दिशा गर्न गएको बताउनुहुन्छ । कार्यालयका कर्मचारीका लागि सो कार्यालयभित्रै शौचालयको व्यवस्था भए पनि नागरिकलाई भने शौचालय जान ठूलै समस्या छ । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा भन्नुहुन्छ, “सरसफाइमा कमी त भएको होला, दिनकै सयौँको ओहोदोहोर हुने कार्यालय पर्यो, प्यान भित्र पनि मानिसहरुले अनेक ढुङ्गाहरु हाल्दिन्छन्, कहिले धारा नै भाँिचदिने गरेर धेरै पटक सुधारेका पनि हौँ, अब प्यान सबै भरिएको छ, त्यसलाई खोल्न हामीले मान्छे पनि खोजिरहेका छाँै, शौचालय चाँडै सुधारमा आउँछ । प्रशासन कार्यालयमा महिला, पुरुष र अपाङ्गमैत्री गरी नौ शौचालय भए पनि सबै भरिएको छ । 

क्याम्पसको ताला खुला स्नातकोत्तर तहसम्म पठनपाठन हुंँदै आएको नुवाकोटको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पसमा गरेको अनिश्चितकालीन तालाबन्दी १० महिनापछि बुधबारदेखि खुलेको छ । विदुर–४ बट्टार बजारमा रहेको क्याम्पसमा विद्यार्थीले गत २०७४ साल चैत ८ गतेदेखि स्ववियु निर्वाचन हुनुपर्ने, क्याम्पसको हरहिसाबको छानबिन गरिनुपर्ने लगायत माग राख्दै क्याम्पस प्रमुखलगायत विभिन्न कक्षमा तालाबन्दी गरेका थिए । अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), नेविसङ्घ पक्षसँग क्याम्पसको सहमतिअनुसार विद्यार्थीले तालाबन्दी खोलिदिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो । विद्यार्थीको शैक्षिक माग पूरा गर्न क्याम्पस पक्ष सकारात्मक भएपछि विद्यार्थीले तालाबन्दी खोलिदिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक