Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका किसानलाई ट्र्याक्टर वितरण

२०७५, १३ पुष शुक्रबार ०९:३३

रामहरि न्यौपाने । पुस १३, बेत्रावती । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थानमिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । 

परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । 

उहाँका अनुसार किसानलाई उपलब्ध गराइएको ट्र्याक्टरमा रु २५ हजारसम्म तथा आधा रकम अनुदानमा दिइएको छ । “जोन कार्यालय विदुरको परिसरमा नै ट्र्याक्टर बिक्री गर्ने व्यवसायीलाई प्रदर्शनी गर्न लगाएर किसानलाई छनोट गर्ने अवसर दिएका छाँै ।” जोन प्रमुख गैरेले भन्नुभयो “रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने विभिन्न चार किसिमका ट्र्याक्टर किसानले खरीदका लागि छनोट गर्न पाएका छन् ।” 

परियोजनाले किसानलाई यान्त्रिकीकरणमार्फत खेती लगाउन सहयोग पु¥याउने उद्देश्यले ट्र्याक्टर लिन चाहने किसानसँग प्रस्ताव माग गरेको थियो । सोही अनुसार ९१ वटा कृषि सहकारी, कृषि समूह र फार्म प्रस्तावक भएर आवेदन दिएका थिए । 

किसानको मागअनुसार हाल १२० थान ट्र्याक्टर उपलब्ध गराइएको र आवश्यकताअनुसार थप गरिने परियोजनाका कृषि अधिकृत कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले गरेको प्रस्तावमा रहेर सात हर्ज क्षमताका रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने ट्र्याक्टर अनुदानमा उपलब्ध गराइएको हो । 

“किसानले खरीद गर्न चाहेको ट्र्याक्टरमा आधा रकम तथा बढीमा रु २५ हजारसम्म अनुदान दिइएको छ ।” कृषि अधिकृत उपाध्यायले भन्नुभयो, “प्रति कृषि सहकारी संस्थालाई तीन थान, कृषक समूहलाई दुई थान र कृषि फार्म सञ्चालन गर्दै आएका किसानलाई एक थान ट्र्याक्टर अनुदानमा दिइएको छ ।” 

कार्यालयले उपलब्ध गराएको ट्र्याक्टरको सहायताले कम लगानीमा धेरै प्रतिफल निकाल्न सकिने जोन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले बताउनुभयो । उहाँका अनुसार आधुनिक खेती प्रणालीका लागि यान्त्रिकीकरण अत्यावश्यक भएकाले ट्र्याक्टर वितरणले किसानलाई उत्साहित बनाएको छ । 

“गोरु पाल्न र हलो जोत्न जनशक्तिको अभावले खेती लगाउन कठिन बन्दै आएको छ ।” पुडासैनीले भन्नुभयो, “कम लगानीमा छिटो काम गरेर व्यावसायिक बनाउन किसानलाई ट्र्याक्टरसँगै अब कृषि उत्पादनको ढुवानी गर्न सवारीसाधन समेत उपलब्ध गराउन लागिएको छ ।” 

नुवाकोटमा गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको तरकारी जोन कार्यक्रम यहाँको ककनी गाउँपालिका–८ बाहेक सातवटा वडा, शिवपुरी गाउँपालिका–६ समुद्रादेवी, वडा– ७ सुनखानी र वडा नं– ८ थानापती, पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्या, वडा नं–४ थप्रेक र वडा नंं–५ भदु्रटार एवं दुप्चेश्वर गाउँपालिका–३ रातउवेशी र वडा नंं–५ बालकुमारीमा कार्यान्वयनमा छ । हाल जोनमा एक हजार ३७ किसान आबद्ध छन् । 

छनोट क्षेत्रका किसान, कृषक समूह, कृषि फार्म, कृषि सहकारी संस्था, कृषि सम्बन्धी जल उपभोक्ता समितिले गर्दै आएका तरकारी खेतीसहित अब व्यावसायिक तरकारीखेती गर्न चाहेमा उनीहरूलाई विभिन्न सहायता कार्यक्रम सञ्चालनमा ल्याइएको छ । दश वर्षसम्म सञ्चालन हुने कार्यक्रमले छोटो अवधिमा कृषि पेशालाई सम्मानित बनाई किसानको जीवनशैलीमा कायपलट गर्ने योजना बनाएको जोन प्रमुख गैरेले बताउनुभयो । 

उहाँका अनुसार हाल किसानलाई अनुदानमा फलामको स्थायी टनेल निर्माण, प्लास्टिक पोखरी र भकारो सुधार कार्यक्रम समेत सञ्चालन भइरहेको छ । 

परियोजनामार्फत किसानलाई निःशुल्क प्राविधिक सहयोग, ८५ प्रतिशत अनुदानमा प्रयोगशाला सेवा, साना सिँचाइ पूर्वाधार र उत्पादन तथा कृषि व्यवसाय सेवाको पूर्वाधार, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण, कृषि उत्पादन सामग्री अन्तर्गतका बीउ, बेर्ना, बिरुवा लगायतका सेवा सञ्चालनमा रहेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनामार्फत नुवाकोटमा तरकारी जोनसहित आलु जोन कार्यक्रम र चार वटा ब्लक र २१ वटा पकेट क्षेत्र सञ्चालनमा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश