2026-07-24 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाउँमै खानेपानीको धारा आए पछि देवीकोटबासी हर्षित

सन्तोषकुमार गुप्ता, फागुन १७, भालुवाङ्ग ।
२४ लाख बढीको लागतमा सुविधा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन
हाँसीपुर—२ देवीकोटकी सिता वलीलाई अब तीन घण्टा उकालो ओरालो गरेर एक गाग्री पानी लिन जानु नपर्ने भएको छ । उनको घर नजिकै खानेपानीको धारा आए पछि वली जस्ता सयौँ गृहिणी महिलाहरुलाई खानेपानी समस्याको टरेको छ । खाना पकाउनकै लागि गर्मी मौसममा तीन घण्टा उकालो ओरालो गरेर ढाप खोला र ठुला पधेरी खोलामा पानी लिन जानु पथ्र्यो तर अब घर नजिकै खानेपानीको धारा आए पछि हामीलाई निकै सजिलो भएको वलीले भनिन् ।

dang 1

गाउँमा खानेपानीको समस्या हुँदा तीन घण्टा उकालो ओरालो गरेर खोलामा पानी लिन जानु पर्ने बाध्यताका कारण स्कुल पढ्न जाने छोराछोरीहरुलाई समयमै खाना पकाएर खुवाउन नसक्ने समस्याले भोकै स्कुल पठाउनु पथ्र्याे बलीले भनिन् । खोलाको दुषित पानी पनि अमृत मानेर पिउनु पर्ने हाम्रो बाध्यता थियो, सोही ठाउँकी आर्की गृहिणी सिर्जना कार्कीले भनिन् । दुषित पानीको प्रयोगकै कारण विभिन्न रोगबाट बर्षेनी एक दर्जन बढीको अकालमा ज्यान जाने गथ्र्यो कार्कीले भनिन् । अब त घर नजिकै खानेपानीको धारा आए पछि देवता आए जस्तो भएको छ, उनले भनिन् ।

देउखुरीको हाँसीपुर—२ देवीकोट, ढापखोला, घोस्रेबास, छाउनेटोल र लेबासेमा खानेपानीको धारा आए पछि ४१ घर परिवारका २ सय २१ जनाले स्वच्छ खानेपानी पिउन प्रत्यक्ष लाभन्वित भएका छन् । ढाप खोला गा्रमिण सामुदायिक सर्यो खानेपानी आयोजनाको सक्रियता एवम् बैकल्पिक उर्जा प्रबन्धन केन्द्रको राष्ट्रिय गा्रमिण तथा नबिकरर्णीय उर्जा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र क्षेत्रिय सेवा केन्द्र बेसको सहर्जीकरणमा कुल २४ लाख २३ हजार ६ सय २९ रुपैयाँ बराबरको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको हो ।

dang 2

जस अन्र्तगत बैकल्पिक उर्जा प्रबन्धन केन्द्रको राष्ट्रिय गा्रमिण तथा नबिकरर्णीय उर्जा कार्यक्रमको १५ लाख अनुदान, स्थानिय जनसमुदायबाट संकलित ३ लाख ९७ हजार ५ सय र ४ लाख २३ हजार ६ सय २९ रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको राष्ट्रिय गा्रमिण तथा नबिकरर्णीय उर्जा कार्यक्रम (बेस) का सहायक सब इन्जीनियर प्रकाश बेल्बासेले जानकारी दिए । हाल उक्त खानेपानी आयोजनाका लागि एउटा पानी संकलन ट्याङ्की, एउटा पानी बितरण ट्याङ्की, एउटा इन्टेक ट्याङ्की, एउटा फिल्टर ट्याङ्की, ११ सय ४० वाटपिकि क्षमता भएको सोलारपावर जडान र एउटा नमुना तथा ४ वटा सार्वजनिक धारा सहित ५ वटा खानेपानी धारा निर्माण गरिएको इन्जीनियर बेल्बासेले बताए । समुद्र सतह देखि १ सय ७० मिटरको उचाईमा ५ हजार ५ सय २५ लिटर क्षमता भएका दुई वटा पानी संकलन ट्याङ्की र पानी बितरण ट्याङ्की, समेत निर्माण गरिएको बेल्बासेले जानकारी दिए ।

यसैबीच नवनिर्मित खानेपानी आयोजनाको सोमबार हाँसीपुर—२ देवीकोटमा तामझामका बीच उद्घाटन गरिएको छ । नेपालका लागि जर्मन राजदुताबासका उपप्रमुख ड्रिगस्टफर इनले धाराको रिबन काटेर उद्घाटन गरेका थिए । ढापखोला ग्रामीण सामुदायिक सौर्य खानेपानीको आयोजना एवम् वैकल्पिक उर्जा प्रर्वधन केन्द्र, राष्ट्रिय तथा नवीकरणीय उर्जा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र व्याकवार्ड सोसाइटी एजुकेशन बेस संस्थाको सहजीकरणमा खानेपानी आयोजनाबाट नवनिमित्त धाराको उद्घाटन गरिएको हो । ढापखोला ग्रामीण सामुदायिक सौर्य खानेपानी आयोजनाका अध्यक्ष डम्बरबहादुर जिसीको अध्यक्षता एवम् नेपालका लागि जर्मन राजदुताबासका उपप्रमुख ड्रिक इस्टफर इनको प्रमुख आतिथ्यता तथा वैकल्पिक उर्जा प्रर्वधन केन्द्रका कार्य कारिणीय निर्देशक रामप्रसाद धितालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पनन भएको छ ।

dang 3
खानेपानी आयोजना समितिका सल्लाहकार रिनबहादुर सुनारीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गा्रमिण क्षेत्रमा खानेपानी आयोजनाको निर्माणले ग्रामिण क्षेत्रको विकासमा टेवा पु¥याएको बताएका थिए । उनीहरुले देवीकोट जस्ता ग्रामिण दुर्गम गाउँका नागरिकहरुलाई यसरी खानेपानी खानेपानीको आयोजना निर्माण गरी स्वच्छ खाने पानी पु¥याउने अभियानमा सहयोग पुराईएको बताएका थिए ।

कार्यक्रममा क्षेत्रिय सेवा केन्द्र बेसका टिम लिडर आशाराम चौधरी, वैकल्पिक उर्जा केन्द्रका इन्जीनियर सुन्दर खड्का, सब इन्जीनियर मुकेश विक, उर्जा क्षेत्रका विशषज्ञ निरज सुवेदी, जर्मन एमवेसी हेलोमो, समाजसेवी तथा सहयोगदाता रामप्रसाद उपाध्याय, लुमबहादुर कार्की, धर्मराज अधिकारी, दुर्योधन पाण्डे, युवराज न्यौपाने, द्रोण भुसाल, केदारकल्प भण्डारी, चन्द्रबहादुर जिसी, मधुसुदन पौडेल, शिव अर्याल, मता केसी, टेकबहादुर कार्की, ईलाका प्रहरी कार्यालय भालुवाङ्ग प्रहरी नायव निरक्षक करन टमाटा, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गका शसस्त्र प्रहरी नावय निरक्षक बसन्तकुमार ज्ञवाली पत्रकारहरु केपी घिमिरे, ओमप्रकाश गुप्ता, विदुर एमसी, सन्तोषकुमार गुप्ता लगायतका शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा खानेपानी आयोजना निमार्ण कार्यमा सहयोग पु¥याएको भन्दै एक दर्जन बढी सहयोगदाताहरुलाई सम्मान समेत गरेको थियो भने कार्यक्रमको सञ्चालन हरिप्रसाद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक