2026-08-29 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

किशोरकिशोरी सामाजिक विभेदविरुद्ध घरदैलो गर्दै

विजय रावत | पुस १४, खलङ्गा | जुम्लामा अझै पनि लैङ्गिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको चपेटामा महिला र बालबालिका पर्दै आएका छन् । देशको शासन व्यवस्था र समयमा परिवर्तन आए पनि जुम्लामा अझैसम्म लिङ्गका आधारमा छोरा-छोरीबीच गरिने विभेदका कारण किशोरीहरू उक्त समस्याबाट मुक्त हुनसकेका हुन् । 

पठनपाठन, खानपान, लुवाइखुवाइ र बोलीचालीमा पनि संस्कारका नाममा सानै उमेरदेखि जानीनजानी घरदेखि नै छोरीको आत्मबल घटाउने काम गरिन्छ । छोरीलाई संस्कारी नारी तथा छोरालाई असल नागरिक बनाउने नाममा घरदेखि नै बालिकाले विभेदकारी शिक्षा पाइरहेका छन् । 

यस्तै संस्कारका कारण पछि गएर किशोरभन्दा किशोरी बढी कमजोर मनस्थितिका हुने गरेका कारण विद्यालय वा समाजमा ठूला मान्छेका अगाडि बोल्न वा सहजै मनको कुरा व्यक्त गर्न पनि उनीहरु सक्दैनन् । समाजको लहलहै तथा पारिवारिक दबाबका कारण जुम्लामा कतिपयले त किशोरी अवस्थामै आमा बनेर आफ्नो भविष्य नै अन्धकारमा पु¥याएका घटना बढेकाले पछिल्लो समय जिल्लाका गाउँदेखि शहरसम्म लैङ्गिक हिंसा तथा छोराछोरीबीच हुने विभेदविरुद्ध महिला वा किशोरीले खुलेरै बहस गर्नाकासाथै उक्त विषयमा सामूहिक अभियानसमेत सञ्चालन गरिरहेका छन् । 

गाउँका किशोरी दिदीबहिनीले कालान्तारमा समाजले बनाएका विभेदकारी संस्कारका कारण कुनै पनि दुःख भोग्न नपरोस् भन्दै सिंजा गाउँपालिका जोडुका विद्यार्थीले घरदैलो अभियान गर्दै आएका छन् । 

स्थानीय जोडुस्थित श्री माविमा अध्ययनरत २५ किशोर यस्तो अभियानमा लागेको सम्भवत यो जिल्लाकै पहिलो नमूना काम हो । प्लान इण्टरनेशनल नेपालको सहयोगमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले गाउँमा सञ्चालन गरेको तीन महीने परिवर्तनका संवाहक(सिओसी) कक्षापछि किशोरहरू पनि यस्तो अभियानमा लागेका हुन् । 

किशोरहरूले हिजोआज समूहमा मिलेर गाउँमा हिंसा तथा विभेदविरुद्ध घरदैलो कार्यक्रम गरिरहेको सिओसी कक्षाका सहजकर्ता दलबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सिओसी कक्षा लिइसकेपछि किशोरहरुमा आएको आँट र जाँगरका कारण उनीहरु आफँै समाज परिवर्तनका लागि अग्रसर भएका हुन् । किशोर बमबहादुर बुढाले घरदैलोमै गएर स्थानीयवासीलाई लैङ्गिक तथा घरेलु हिंसाका विषयमा जानकारी दिन निकै गाह्रो भएको बताउनुभयो । 

“हाम्रो समाजमा छोरीमाथि निकै विभेद हुन्छ, छोरीलाई सकेसम्म अभिभावकले विद्यालय नै पठाउँदैनन्”, उहाँले भन्नुभयो, “हामी छोरा–छोरी एउटै हौँ, यही विभेद अन्त्यका लागि घरदैलो अभियान जारी राख्नेछौँ ।” 

घरदैलोपछि गाउँमा लैङ्गिक हिंसा तथा छोरा–छोरीबीचको विभेद न्यूनीकरण हुँदै गएको अर्का किशोर राजेन्द्र बुढाले बताउनुभयो । “सिओसी कक्षाले हाम्रो बानीमा परिवर्तन त ल्यायो यसका साथै गाउँ समाजमा लैङ्गिक हिंसा गर्नेको बानीमा समेत हामी परिवर्तन गर्ने कोसिसमा छौँ”, उहाँले भन्नुभयो, “उक्त कक्षाकै कारण हामीमा बोल्न सक्ने र निर्णय गर्ने क्षमता वृद्धि भएको हो ।” 

किशोर दाबहादुर रावतले यस्ता अभियानबाट गाउँमा छोरीलाई धेरै नपढाउने वा सानैमा बिहे गरिदिने परम्परा रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिओसी कक्षाले हामीलाई समूहमा मिलेर बस्न र निणर्य गर्न सिकाएको छ, सोही आधारमा पछि पर्ने समस्या समाधानका लागि हामी एकजुट भएर अघि बढ्ने छौँ ।” 

सिओसी कक्षाका कार्यक्रम सुपरभाइजर शेरबहादुर रोकायाले यस्ता कक्षाले किशोर तथा किशोरीको क्षमता अभिवृद्धि गरेकाले बोल्ने, पढ्ने वा आत्मनिर्णय गर्ने क्षमता विकासका लागि जिल्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि थप कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन गाउँपालिकामा आठ किशोरी र आठ किशोरका १६ समूहमा ८०० विद्यार्थी उक्त कक्षामा रहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो