2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण

 पुस  १५, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ । 

गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मान्मबजार सरसफाइ गरेर श्रम दिन मनाउनुभएको छ । राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितले सरसफाइसँगै वृद्धलाई फलफूल वितरण गरेर श्रम दिन मनाउनुभएको छ । 

प्रवक्ता केसी नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिवमन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी, सोही वडामा रहेको प्रशान्ति वृद्धाश्रमका १३ जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो । 

प्रदेश सरकारले हरेक महीनामा दुई दिन श्रम दिवस मनाउँदै आइरहेको छ । गुरुङ जातिको तमु ल्होसारमा परेको आजको श्रम दिनमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, प्रमुख सचिव रामप्रसाद थपलिया, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीलगायत सरकारी अधिकारी तथा कर्मचारी, स्थानीय समुदाय र पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव