2026-10-15 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालीकोटका अग्निपीडितलाई सहयोग

 पुस १६, सुर्खेत (रासस) |  मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले कालीकोटका अग्निपीडित परिवारलाई राहत प्रदान गरेको छ । फाउण्डेसनका केन्द्रीय सदस्य एवं सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका पुगेको टोलीले राहत सामग्री प्रदान गरेको हो । 

फाउण्डेसन कालीकोटद्वारा पलाताको थिर्पुमा आयोजित कार्यक्रममा शर्माले गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका केन्द्रीय अध्यक्ष उषाकिरण भण्डारीको विशेष पहलमा अग्निपीडित परिवारलाई राहत सङ्कलन गरिएको थियो । फाउण्डेसनले अग्निपीडित ८७ घरधुरीका लागि सिरक एक सय थान, चामल ५० क्वीन्टल, पाल–त्रिपाल ५० थान, कम्बल ४० थान, तेल दुई सय लिटर, २५ बोरा चिउरा, चाउचाउ, पानी बोक्ने झोला, औषधिलगायत राहत सामग्री उपलब्ध गराएको छ । 

सांसद शर्माले विपद्का बेला सबैले सहयोग गर्नुनै मानवीय धर्म भएको बताउनुभयो । नेकपा कालीकोटका नेता नगेन्द्र शाहीले अग्निपीडितलाई सहयोग र पुनःस्थापनामा सहयोग जुटाउन तत्पर रहेको बताउनुभयो । 

यही पुस ९ गते राति पलाताको खाडा बस्तीमा आगलागी भएको थियो । गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत सङ्कलन तथा वितरण गरिरहेको छ । अध्यक्ष बमले गाउँपालिकाले विकास निर्माणका लागि गठन गरेको युवा समूहले नै थिर्पुबाट बस्तीसम्म राहत सामग्री पु¥याइरहेको बताउनुभयो । कालीकोटको जितेगडा हुँदै कर्णाली करिडोरको थिर्पुसम्म गाडीबाट र त्यहाँबाट बस्तीसम्म पुग्न करीब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

प्रदेश सरकारले नमूनाबस्ती विकास गर्न प्रतिपरिवार रु पाँच लाख प्रदान गर्ने निर्णय गरिसकेको छ । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय, कालीकोटले रु १० हजार र कर्णाली प्रदेश सरकारले रु २० हजार उपलब्ध गराइसकेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो