2026-06-30 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ खानेपानीमा मतदान सम्पन्न, ६ सय ७९ मत खस्यो, गुरुङ्ग र कार्कीको प्यानल चुुुनावी मैदानमा

सन्तोषकुमार गुप्ता/ चैत १५, भालुवाङ्ग । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान सकिएको छ । बिहान ८ बजे देखि साँझा ५ बजे सम्म चलेको मतदानमा जम्मा ६ सय ७९ मत खसेको निर्वाचन समितीले जनाएको छ । समितीको कुल मतदाता संख्या ९ सय ५५ रहेको भए पनि मतदान अबिधि सम्म जम्मा उक्त मत खसेको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिएका छन् ।

deukhuri

गत फागुन २९ गते समितीको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन प्रक्रियामा लगिएको हो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको सभाहलमा मतदान केन्द्र राखिएको छ । मतदान सकिए संगै आज करिब राती करिब ७ बजे देखि मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताए । मतदान कार्यक्रम सौभाद्रपूर्ण बातावरणमा मतदाताको उत्साहित सहभागिताका साथ सम्पन्न भएको निर्वाचनमा समितीले जनाएको छ ।

top bahadur karkiनिर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा बाबुराम थापा र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा हुमीकुमारी राना, शारदाकुमारी केसी, ऋषिराम बस्नेत, किशोरकुमार जिसी, नेत्रप्रसाद बेल्बासे, रामलाल कालाथोकी र आत्माराम पोख्रेल रहेको निर्वाचन समितीले जनाएको छ ।

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन रहेको अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानलको उपाध्यक्षमा गिरबहादुर घर्ती, सचिवमा मञ्जुर मियाँ र कोषाध्यक्षमा अनन्तराज पौडेल रहेका छन् । त्यस्तै महिला सदस्यमा कमला तामाङ्ग, मिनाकुमारी जैसी, अन्य सदस्यहरुमा प्रेमप्रसाद सुवेदी, भिमलाल न्यौपाने, ऋषिराम पौडेल, गंगा गिरी र बिमल शर्मा चुनावी मैदानमा छन् ।

hasta bahadur gurung

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ