२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ खानेपानीमा फराकिलो मतले हराउँदै गुरुङ्गको पुरै प्यानल बिजय (फोटोफिचर)

२०७२, १६ चैत्र मंगलवार ०५:१९

khanepani chunab ma bijayai2धन्यवाद दिन बिजय उम्मेद्धार पुन मतदाताको घर—घरमा, नियमित पानी बितरण प्रमुख प्राथमिकता—गुरुङ्ग

सन्तोषकुमार गुप्ता/चैत १६, भालुवाङ्ग । भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सयुक्त लोकतान्त्रिक प्यानलको पुरै टिम बिजय भएको छ । मंगलवार विहान सार्वजनिक गरिएको मतपरिणम अनुसार नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङको पुरै प्यानल विजयी भएको हो ।

khanepani ma biyajiharu

काँग्रेस समर्थित अध्यक्ष गुरुङले ३ सय ९५ मत प्राप्त गरी निर्वाचित भएका छन् । १ सय ७३ मतको अन्तरले गुरुङ्ग बिजय भएका हुन् । उनका प्रतिद्धन्दी एवं एकीकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको संयुक्त वामपन्थी प्यानलका अध्यक्षका प्रत्यासी टोपबहादुर कार्कीलाई २ सय २२ मत प्राप्त भएको थियो । कार्की एमाओवादी निकट हुन । फरक–फरक राजनीतिक दलका समर्थकहरु दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । तीन वर्षे कार्यकालको लागि दुवै पक्ष ११ सदस्य प्यानल सहित प्रतिपर्धामा उत्रिएका थिए ।

khanepani chunabma bijayai 1

संयुक्त लोकतान्त्रिक प्यानलको तर्फवाट उपाध्यक्षमा प्रकाश बस्नेत सर्वाधिक ४ सय ४ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै लोकतान्त्रिक प्यानलवाट सचिवमा बाबुराम थापा ३ सय ५४ र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य उम्मेदवार ३ सय ६१ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलवाटै सदस्यहरुमा हुमीकुमारी राना ३ सय ८६, शारदाकुमारी केसी ३ सय २१, ऋषिराम बस्नेत ३ सय ७७, किशोरकुमार जिसी ३ सय ७६, नेत्रप्रसाद बेल्बासे ३ सय २३, रोमलाल कालाथोकी ३ सय ५३ र आत्माराम पोख्रेल ३ सय ५७ मत प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितीले जनाएका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

khanepani chunab ma bijayai8

त्यस्तै एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी र बिप्लप माओवादीको समर्थन रहेको सयुक्त बामपन्थी प्यानलको उपाध्यक्षका प्रत्यासी गिरबहादुर घर्ती १ सय ८२, सचिवमा मञ्जुर मियाँ २ सय २७ र कोषाध्यक्षमा अनन्तराज पौडेल २ सय २७ मत प्राप्त गरी पराजित भएका छन् । वामपन्थी प्यानलको तर्फवाट सदस्य पदका उम्मेदवार मध्य महिला सदस्यमा कमला तामाङ २ सय ३६, मिनाकुमारी जैसी १ सय ९३, अन्य सदस्यहरुमा प्रेमप्रसाद सुवेदी २ सय ४, भिमलाल न्यौपाने १ सय ९२, ऋषिराम पौडेल १ सय ८७, गंगा गिरी २ सय २ र बिमल शर्मा २ सय २७ मत प्राप्त गरी पराजित भएको निर्वाचन समितीका संयोजक कुमालले बताए ।

khanepani chunab ma bijayai7

रातभर मतगणना भएपनि मंगलवार विहान साढे ५ बजे मात्रै मतगणना सकिएको थियो भने परिणम ६ बजेपछि सार्वजनिक गरिएको हो । खानेपानीको नयाँ नेतृत्व चयनका लागि सोमवार बिहान ८ बजे देखि साँझ ५ बजे सम्म मतदान भएको थियो । कुल मतदाता संख्या ९ सय ५५ रहेकोमा जम्मा ६ सय ७८ मत मात्रै खसेको थियो । त्यसमध्य ३५ मत बदर भएका थिए ।

khanepani chunab ma bijayai6

२ सय ७५ मतदाता निर्वाचनमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ । गत फागुन २९ गतेको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि नयाँ नेतृत्व चुन्न मतदान गरिएको थियो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङको सभाहलमा मतदान भएको थियो ।

khanepani chunab ma bijayai5

khanepani chunab ma bijayai4

khanepani chunab ma bijayai3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला