२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शनिबार हुने टी -१२ नकआउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी

२०७२, २६ चैत्र शुक्रबार ११:५८

सन्तोषकुमार गुप्ता, चैत्र २६, भालुवाङ्ग । भालुुवाङ्गमा चैत २७ गते शनिबार देखि सञ्चालन हुन लागेको न्यू ईएर टफी टी-१२ नकाउट क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक संयुक्त मुस्लिम युवा क्लब भालुवाङ्गले शुक्रबार भालुवाङ्गमा पत्रकार सम्मेलन क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो

नयाँ बर्ष २०७३ सालको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि देश व्यापी खुल्ला न्यू ईएर टफी टी-१२ नकाउट क्रिकेट प्रतियोगिताका आयोजना गर्न लागेको क्लबका अध्यक्ष मोहम्मद हासेनले जानकारी दिए । राप्ती अञ्चलको प्रवेशद्धार समेत रहेको भालुवाङ्ग ठाउँ पहिचान राष्ट्रिय स्तर सम्म पु¥याउन तथा क्रिकेट खेलको माध्यमबाटै सक्षम क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष झै यस बर्ष पनि क्लबको बार्षक कार्ययोजना अनुरुप क्रिकेट प्रतियोगिताका आयोजना गर्न लागेको क्लबका अध्यक्ष हासेनले बताए ।

बैशाख २ गते सम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा दाङ्ग सहित बाँके, कपिलबस्तु, प्यूठान र अर्घाखाँचीबाट गरी १६ वटा टिमले नाम दर्ता गराईसकेको अध्यक्ष हासेनले जानकारी दिए । प्रतियोगितामा प्रथमलाई नगद २२ हजार २ सय २२ र दोस्रोलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण—पत्र र अन्य पुरुस्कार समेत प्रदान गरिने प्रत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

बिहान ८ बजे उद्घाटन गरिने प्रतियोगितालाई भव्य तथा सभ्य बनाउन पत्रचार, सुरक्षा व्यवस्थापन, खेलमैदानको तयारी, स्वम्सेवक व्यवस्थापन लगायत आन्तरिक सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिन चार वटा समूह बीच प्रतियोगिता गराईने क्लबले जनाएको छ ।

यसैबीच शनिबार हुने क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थीत भई दिन स्थानिय राजनितिक दल, स्थानिय संघसंस्था, सम्बन्धि सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारकर्मी, खेलप्रेमी सबैमा अनुरोध समेत गरेको छ । प्रतियोगिता नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गको खेल मैदानमा हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला