२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ्मा स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउन राजनितिक सहमति: सांसद चौधरी

२०७२, २९ चैत्र सोमबार ०३:२९

chaudariसन्तोषकुमार गुप्ता/चैत २९, भालुवाङ् । दाङ्ग क्षेत्र नम्बर १ का सांसद योगेन्द्र चौधरीले दाङ्गको राप्ती उपक्षेत्रिय अस्पाललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने गरी स्थानिय राजनितिकदलहरु बीच सैद्धान्तिक सहमति भएको बताएका छन् ।

देउखुरीको नमुना गाविसको कार्यालय गोवरडिहालाई आईतबार पूर्णखोप युक्त गाविस घोषणा गदै सांसद चौधरीले दाङ्गमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र देउखुरीमा सुविधा सम्पन्न टिचिङ्ग हस्पिटल बनाउने गरी स्वास्थ्य मन्त्रालयमा आन्तरिक गृहकार्य भईरहेको खुलासा गरे । प्रतिष्ठान निर्माणका लागि आफू सक्रियताका साथ लागेको भए पनि जिल्लामा क्रियाशिल ठुला दलले खासै सहयोग नगरेको समेत गुनासो गरे ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चौधरीले जब सम्म जिल्लामा टिचिङ्ग हस्पिटल बन्दैन तब सम्म स्थानियस्तरमा दक्ष स्वास्थ्यकर्मी उत्पादन पनि हुदैन न त स्वास्थ्य क्षेत्रमा सुधार नै हुन्छ त्यसैले टिचिङ्ग हस्पिटल सञ्चालन गर्नुको बिकल्प नरहेको बताए ।

उनले स्वास्थ तथा भौतिक योजना मन्त्रालय आफ्नो पार्टी परेको बताउँदै मन्त्रालयमा रहँदा सम्म जिल्लाको स्वास्थ्य क्षेत्रको विकास संगै जिल्ला भरिका सबै स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वधार निर्माण गर्ने गरी गृह कार्य भईरहेको समेत बताए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रबक्ता समेत रहेका सांसद चौधरीले राप्तीपारीको कालाकाटे देखि नेपालगञ्ज सम्मको हुलाकी राजमार्गको स्तरबृद्धि गरी पाँच बर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी अगामी बजेटबाटै राष्ट्रिय महत्वको योजनामा राखी कार्य गर्ने गरी समेत तयारी भईरहेको बताए ।

उनले देउखुरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरवृद्धि गरी ५० शैयाको अस्पताल वनाउने प्रकृया अन्र्तगत ओएनएम सर्भेका लागि सामान्य प्रशासन र अर्थमन्त्रालयवाट स्वीकृतिको अन्तिम चरणमा पुगेको समेत वताए ।

darshak

एक आर्को प्रशंङ्गमा बोल्दै सांसद चौंधरीले बर्तमान संविधानका केही बुँदामा आफूहरुको असहमति भए पनि समग्रमा हामीले संविधान बनाउन सफल हुन पनि ऐतिहासिक उपलब्धि भएको बताउँदै संविधान नै मान्दैनौँ भन्नु दुर्भाथ्य भएको बताए ।

गोबरडिहा स्वास्थ्य चौकी व्यवस्थापन समितीका जेष्ठ सदस्य रामस्वरुप बर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथी पुर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष रेश्मीराज नेपालीले अहिलेको समयमा सरकार परिवर्तन भन्दा पनि संविधान कार्यान्वय मुख्य बिषय भएको बताएका छन् । नेपालीले आफै बनाएको संविधानलाई बिदेशी शक्तिले बिरोद्ध गर्नुको अर्थ नरहेको बताएका छन् ।

उनले सक्छन् भने ती देशका शासकहरुले पनि जनप्रतिनिधिबाट संविधान बनाएर देखाउन चेतावनी समेत दिए । त्यस्तै कार्यक्रमका आर्का बिशिष्ट अतिथी जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका प्रमुख डा. भुवन पौडेलले स्वास्थ्य संस्थाको विकास र सुधारका लागि स्थानियस्तरबाट भएका कार्य प्रति सह्रान व्यक्त गरे । उनले अहिले स्वास्थ्य संस्था प्रति स्थानिय नागरिकले अभिभावकत्वको भुमिका निर्वाह गरिरहेकोमा खुसी समेत व्यक्त गरे ।

पौडेलले पूर्ण खोप युक्त गाविसको पूर्व कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार भएर लाग्न सुझाव समेत दिए । स्वास्थ्य चौकीकी अनमी सिता शर्माको स्वागत मन्तव्य तथा महिला स्वास्थय स्वम्सेविका श्री र्चौधरीको स्वागतबाट शुरु भएको कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज रामशंकर मण्डलले स्वास्थ्य तथा खोप सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका कार्यालय प्रमुख पौडेलले पूर्ण खोप गाविस घोषणा भएको प्रमाण—पत्र गोबरडिहा गाविसका सहलेखापाल कुलराज कुमाल र गोबरडिहा स्वास्थ्य चौकी इन्चार्ज मण्डललाई प्रदान गरेका थिए ।

सो अवसरमा बोल्ने बक्ताहरुले स्वास्थ्य चौकीको तत्काल स्तर बृद्धि गरी प्राथामिक स्वास्थ्य केन्द्र बनाउन आवश्यक पहल गर्न आग्रह गरेका थिए । उनीहरुले प्राथामिक स्वास्थ्य केन्द्र नभएकै कारण आपतकालिन रुपमा उपचारको व्यवस्था हुन नसक्दा बर्षेनी दर्जनौँको अकालमा मृत्यु हुनेको बताएका थिए । उनीहरुले पूर्ण खोप गाविस घोषणालाई पूर्ण व्यवहारिक कार्यान्वयन गर्न सबै जना जिम्मेवार बन्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका खोप सुपरभाईजर मधुसुदन पोख्रेल, लालमटिया स्वास्थ्य चौकीका सिनियर अहेब नवराज न्यौपाने, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज शिबहरि शर्मा, नेपाली काँग्रेसका दामोदर रेग्मी, राष्ट्रिय जनमोर्चाका नवराज शर्मा, थरुहट तराई पार्टी नेपालका शनिराम चौधरी, जनता उच्च मावि कालाकाटेका प्रचार्य लोकेन्द्र केसी, सहकारी संस्थाको तर्फबाट असोककुमार यादव, समाजसेवी गुरुप्रसाद यादव, महिला विकासको तर्फबाट चञ्चला चौधरी, सुशासनका लागि नागरिक समाजका संयोजक खगेश्वर शर्मा, वार्ड नागरिक मञ्चका संयोजक हरिप्रसाद सुवेदी, पत्रकार दशरथ घिमिरे, स्वास्थ्य चौकी व्यवस्थापन समितीका सदस्य बिष्णुमाया बस्याल, लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न सहयोग पु¥याएको भन्दै महिला स्वास्थ्य स्वम्सेविका, स्वास्थ्य चौकी व्यवस्थापन समिती र कर्मचारीहरु गरी दुई दर्जन बढीलाई सम्मान समेत गरिएको छ । कार्यक्रमको सञ्चालन गोबरडिहा स्वास्थ्य चौकी व्यवस्थापन समितीका सदस्य बेगम गहत्तराजले गरेका थिए ।

गोबरडिहा गाविसको कुल जनसंख्या १६ हजार ९ सय ३८ मध्ये २ सय ५४ जना बालबालिकाहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको विभिन्न खोपहरु प्रयोग गरे पछि पूर्ण खोप गाविस घोषणा गरिएको हो । लालमटिया गाविसमा रहेका कुल २ सय ५४ मध्ये दलित १०, जनजाति २ सय, मधेसी १२, बाह्रमण क्षेत्री ३१ र अन्यमा ८ रहेको गोबरडिहा स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना