2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मृत्यु भएका भनिएका गाडी चालक घाईते अबस्थामा अस्पताल आए

ram-chandra-ghartiसन्तोषकुमार गुप्ता/बैशाख ४, दाङ । दाङको तुलसीपुर नगरपालिका १ को राम्रीमा वुधवार राती ट्याक्टर दुर्घटना भयो ।

सल्यानको मोख्लावाट तुलसीपुर आउदै गरेको लु २ त २५५८ नम्बरको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भयो । घटनाका बारेमा सबै जानकारी बिहिबार बिहान मात्रै थाहा भयो । दुर्घटना पछि ट्याक्टर चालक रोल्पा कोटगाउँ १का रामचन्द्र घर्ती र सहचाकल सोही ठाउँका सुनिल पुनको मृत्यु भएको प्रहरीले बतायो । कारण थियो ट्याक्टरमा चालक र सह चालक मात्रै थिए अनि मृतकको छेउमा चालकको मोबाईल थियो ।

तर उक्त घटनामा मृत्यु भएका भनिएका रामचन्द्रले आफ्नो मृत्युलाई गलत सावित गरे । मृतक चालक घर्तीकै हो भनि प्रहरीबाट परिवारले शब समेत बुझेर दाहासंस्कारका लागि घर तर्फ लग्दै थिए तर चालक घर्ती घाईते अबस्थामा अञ्चल अस्पताल तुलसीपुरमा आईपुग्दा सबै अचम्मित भएका छन् । मृत्युभएको भनिएको दुई दिन पछि ति व्यक्ति बिवितै फर्कदा घटना रहस्यमय बन्यो ।

घाईते चालक के भन्छन त ?
बुधवार राती १० वजे रोल्पाको लिवाङ्बाट तुलसीपुरतर्फ आउँदै गरेको सो ट्रयाक्टर दुर्घटना भएको भनेपनि आफुहरु सल्यानको मोखलावाट आएको घाइते चालक रामचन्द्र घर्तीले बताए ।

उनका अनुसार ट्रयाक्टरमा सल्यानको श्रीनगरवाट एक जना अपरिचित व्यक्ति चढेको र आफु सहचालक र सो व्यक्तीमात्र ट्रयाक्टरमा सवार थिए । ति व्यक्ति श्रीनगरबाट जबरजस्ती चढेका हुन् उनले भने ।

‘ट्रयाक्टरमा श्रीनगरवाट सवार एक जना सहचालक र म थियौं, ट्रयाक्टर विग्रेको थियो मोडमा स्ट्रेरिङ कटेन र दुर्घटना भयो चालक घर्तीले भने ।’ त्यसैगरी चलाक घर्तीले आफु विहीवार दिउसो ३ वजे होसमा आएको र होसमा आएपछि सात वजे सकीनसकी हिडदै नजिकैको घरमा पुगेको बताए । ‘म होसमा आएपछि नजिकैको एक घरमा पुगे एक दिन पछिमात्र होसमा आए’ । र शुक्रबार बिहान अस्पताल पुगे ।

घटना पछि प्रहरी के भन्छ त र ?
राती दुर्घटना भयो । दुई जनाको मृत्यु भएपछि चालक र सह चालकको मृत्यु भयो भन्ने भएपछि सोहीरुपमा काम अघि बढाएयौँ ।

अस्पतालमा ल्याएर उनिहरुको कागजी र कानुनी प्रकृया पुरा गरेर परिवारलाई जिम्मा लगायौ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सन्तोष रोकाले भने । चालक घर्तीका आफन्त तथा घरपरिवारले आफनो छोरा रामचन्द्र घर्तीको दुर्घटनामा मृत्यु भएको भन्दै तुलसीपुरको राप्ती अंचल अस्पतालमा पोष्टमाटम पछि अर्कै व्यक्तिको शव वुझेर लगेको पछि खुल्यो उनले भने ।

‘आफन्तहरुले हाम्रो मान्छे हो भनेर शव वुझे, घर्तीको आमा पुनि घर्तीले सही छापनै गर्नु भएको छ हामीहरुले कसरी हैन भन्ने रु मृतक व्यक्ति र चालकको अनुहार मिल्ने, रातो कपडा, उमेर सहित सबै हुलियाहरु मिल्ने भएकाले पनि उहाँहरुले शब बुझ्नु भएको हो प्रहरी निरीक्षक रोकाले बताए ।

आफन्तहरुले दाहसंस्कार गर्न भनेर अर्को व्यक्तिको शव लगेका र घर्ती सम्पर्कमा आएपछि सो कार्य रोकीएको छ । दुर्घटनामा मृत्यु भएका सो व्यक्ती को र कहाँका हुन भन्ने वारे खुल्न सकेको छैन । घाइते चालक घर्तीको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो