2026-08-30 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वविद्यालयमा अनिश्चितकालीन धर्ना शुरु

पौष २१, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले नियुक्तिको माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । विश्वविद्यालयअन्तर्गतका १० वटा आंगिक क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरुले शुक्रबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयको गेटमा धर्नामा बसेका हुन् ।

आंगिक क्याम्पस समायोजन समितिले विश्वविद्यालय अनुदान आयोगको पत्र एवं ऐन बमोजिम २०३ जना प्रध्यापक तथा कर्मचारीलाई तत्काल नियुक्ति दिन आन्दोलनककारीको माग छ । उनीहरुले क्याम्पसहरूको सम्पत्ति हस्तान्त्रण गरी समायोजनलाई टु्ंग्याउन पनि माग गरेका छन् । त्रिभुवन विश्वविद्याललयबाट सम्बन्धन तोडिसकेपछि पनि मध्यपश्चिम विश्वविद्यालयले समायोजनको प्रक्रिया पूरा नगरेकोले आफूहरू सघर्षमा उत्रिनु परेको संघर्ष समिति संयोजक शेरबहादुर रायमाझीले बताए । विश्वविद्यालयले तत्काल सम्बन्धन नदिए क्याम्पसहरू नै बन्द हुने अवस्थामा पुग्न उनको भनाइ छ । विश्वविद्यालयअन्तर्गत दैलेखको नारायण क्याम्पस, बाँकेको बागेश्वरी, बर्दियाको बबई, जाजरकोटको भेरी ज्ञानोदय, रोल्पाको जलजला, रुकुमको मुसिकोट क्याम्पस, मुगुको रारा क्याम्पस, सुर्खेतको विद्यापुर बहुमुखी क्याम्पस, सुर्खेतकै भेरी क्याम्पस र कालीकोटको तीला कर्णाली क्याम्पस आंगिक क्याम्पसको रूपमा रहेका छन् । गत भदौ १० मा बसेको विश्वविद्यालय सिनेट सभाले भदौ ११ देखि १० वटै क्याम्पसका प्रध्यापक र कर्मचारीलाई नियुक्ति दिने निर्णय गरेको थियो । नेपाल सरकारबाट आंगिक क्याम्पस बनाउने भनी २० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको तर विश्वविद्यालयले नै बेवस्था गरेको आन्दोलनकारीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने