2026-07-25 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ ट्राफिक प्रमुखमा थापा, केसी सल्यान जिल्ला ट्राफिक प्रमुखमा सरुवा

सन्तोषकुमार गुप्ता, बैशाख १३, भालुवाङ । अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङ्गका प्रहरी प्रमुख चन्द्र केसीको बैशाख ५ आईतबार जिल्ला ट्राफिक कार्यालय सल्यानमा सरुवा भए पछि उनी आईतबार नै सल्यान पस्थान गरेका छन् भने भालुवाङ्ग ट्राफिक प्रहरी प्रमुखमा कोहलपुरबाट सरुवा भएर अम्मर थापा सोही दिन नै कार्यालयमा हाजिर भएका छन् ।

prahari

भालुवाङ्ग ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक चन्द्र केसीले आफ्नो १५ महिने कार्याकालमा आफ्नो क्षेत्र भित्र दैनिक नियमित चार पटक छड्के सवारी साधन चेक जाँच, नागरिकमैत्री व्यवहार, बिद्यालय केन्द्रित ट्राफिक सचेतना अभियान, सडक केन्द्रित ट्राफिक सचेतना कार्यक्रम गर्नुका साथै सडक दुर्घटना न्युनिकरणका लागि सरोकार वालाहरु संगै समय—समयमा छलफल तथा चेकजाँचमा कडाई गरेका थिए । केसीको कार्यप्रति भालुवाङ्गबासीले सर्हनीय कार्य गरेको प्रतिक्रिया दिएका छन् । केसीको कार्य प्रति व्यवसाय, होटेल व्यवसाय, सवारी चालक, यातायात समितीका पद्धाधिकारी तथा कर्मचारी, संञ्चारकर्मी, नागरिकले समेत जिम्मेवारी पूर्व काम गरेकोमा धन्यबाद समेत दिएका छन् ।

उनले कहिलै पनि निति नियमलाई मिचेर काम गर्नु भएन बरु नागरिक र व्यवसाय संग मिलेर सडक दुर्घटना कम गर्न नागरिकमैत्री व्यवहार गर्नु भयो राप्ती उद्योग वाणिज्य संगका संस्थापक अध्यक्ष होमप्रसाद शर्माले भने । प्रहरीले निति नियम संगै पूर्ण व्यवहारिक रुपमा नागरिक संग मिलेर काम गर्ने कार्यको विकास गर्नु पर्छ यस्तो प्रवृत्तिबाट मात्र शान्ति सुरक्षा देखि अमन चयन कायम गर्न सकिन्छ शर्माले भने । केसी २०७१ फागुन १५ गते क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट सरुवा भएर आएका थिए ।

यता क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट सरुवा भएर आउनु भएका प्रहरी सहायक निरक्षक अम्मर थापाले नागरिकहरु संगको समन्वय तथा सल्लाह सुझाबबाट सवारी दुर्घटना कम गर्न र ट्राफिक सचेतना फैलाउन आफूले पनि नागरिकमैत्री ट्राफिक सचेतना अभियान सञ्चालन गर्ने बताए । उनले सडक दुर्घटना कम गर्न प्रहरीको एक्लो प्रयासले मात्र हुदैन त्यसका लागि प्रहरी, नागरिक र सवारी चालकहरु बीच समन्वकारी भुमिका हुनु पर्ने समेत बताए ।

बिगतमा अन्य ट्राफिक प्रमुखहरुले सुरुवात गरेका कार्यहरुलाई निरन्तरता दिंदै पूर्ण नागरिकमैत्री ट्राफिक अभियानलाई व्यवहारिक रुपमा काम गरेर देखाउने बताए । भालुवाङ्गमा सञ्चारकर्मीहरु संगको कुराकानीमा प्रहरी सहायक निरिक्षक थापाले हाईवेमा हुने सडक दुर्घटना नियन्त्रण गर्न चार पटक नियमित सवारी चेकजाँच कडा बनाउने र नागरिक संग मिलेर ट्राफिक सचेतना अभियान संगै हुन सक्ने सवारी तथा सडक दुर्घटना नियन्त्रण आफू सधै लाग्ने बताए । साथै उनले मेरो कार्यकालमा ट्राफिक व्यवस्थापन जस्ता कार्यक्रममा सबै गर्न सम्पूर्ण नागरिकमा अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक