2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बहुउद्देश्यीय कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

सन्तोषकुमार गुप्ता, बैशाख २५, भालुवाङ्ग ।

– च्याउको बिउ बिक्रीबाट सात महिनाको अवधिमा १० लाख बढीको आम्दानी
देउखुरीको लालमटिया स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्म मौरीघाटले सात महिनाको अवधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ ।

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा फर्मले शुक्रवार आफनै फर्ममा आयोजना गरेको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत यस्तो जानकारी गराइएको हो । कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै फर्मका सञ्चालक दोर्णबहादुर जिसीले रिजमको २१ लाख ७ हजार २२ रुपैयाँ ५० पैसा अनुदान र फर्मको २८ लाख ६९ हजार ५६ रुपैयाँ ३५ पैसा गरि कुल ४९ लाख ६९ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसाको कुल लागतमा फर्म निमार्ण गरी १८ हजार १ सय ९८ पोका बिउ उत्पादन बिक्रीबाट सात महिनाको अबधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको हो ।
dang ss

जस अनुसार फर्मले असोज महिनामा ९३ हजार २ सय ४० रुपैयाँ, कार्तिकमा १ लाख ३० हजार ७ सय ५५ रुपैयाँ, मंसिरमा २ लाख ५४ हजार १० रुपैयाँ, पुसमा १ लाख ६४ हजार ८ सय ४० रुपैयाँ, माघमा १ लाख ७४ हजार ४ सय ७५ रुपैयाँ , फागुनमा १ लाख ५१ ह्जार ३ सय ६० रुपैयाँ र चैतमा १ लाख ५८ हजार ८ सय ५० रुपैयाँ आम्दानी विवरण समेत प्रस्तुत गर्नु भएको थियो । २०७१ माघमा फर्म स्थापना भई २०७२ असोजबाट च्याउको बीउ उत्पादन सुरु गरेको फर्ममा हाल कन्या, दुधे र गोब्रे जातको च्याउको बिउ उत्पादन भइरहेको संचालक जिसीले बताउनु भयो । हाल फर्मबाट उत्पादन भएको बिउ दाङ जिल्ला सहित बाके, बर्दिया, सुर्खेत, रुकुम, सल्यान, कपिलवस्तु र बैतडी जिल्लामा समेत खपत भइरहेको बताउनु भयो । हाल च्याउको बिउको माग अत्याधिक भएकाले किसानहरुलाई पु¥याउन निकै गाह्रो भएको सञ्चालक जिसीले बताउनु भयो ।
फर्मका सञ्चालक दोर्णबहादुर जिसीको अध्यक्षता एवम् रास नेपालका जिल्ला संयोजक हरि शर्माको प्रमुख आतिथ्यता एवम् लालमटिया गाविस सचिव मंगलप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले देउखुरीलाई च्याउमा आत्मानिर्भर बनाउनु पर्ने बताएका थिए । उनीहरुले देउखुरीमा कृषि उत्पादनको प्रबल सम्भावना हुँदाहुँदै पनि तुलनात्मक रुपमा कृषि उत्पादनको विकास हुन नसकेको समेत बताएका थिए ।

कार्यक्रममा रिजमका कृषि प्राविधिक रेशमबहादुर रावत, सहर्जकर्ता गोपाल बिक, बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्मका सल्लाहकार तथा अनुगमन समिती संयोजक कृष्ण गिरी, सिरिनभ्याली उच्च माविका प्रचार्य तेज बिष्ट, वार्ड नागरिक मञ्चका संयोजक लौबहादुर चौधरी, यु.एस कृषि फर्मका प्रबन्धक विष्णु अधिकारी, शिखर लघु उद्यम च्याउ खेती फर्मका अध्यक्ष दिलबहादुर विष्ट, पत्रकारहरु ओमप्रकाश गुप्ता, विदुर एमसी र कमल गिरीलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । फर्मकी प्रबन्धक विमला पन्त जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन फर्मका प्रेस सल्लाहकार तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो