2026-07-03 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात बन्द हुँदा राप्तीको जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

banda dangराप्तीमा दोश्रो दिन पनि यातायात बन्द जारि, तुलसीपुर बजार पनि बन्द

सन्तोषकुमार गुप्ता/बैशाख २६, दाङ । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ ।

बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । वस सञ्चालनको विषयमा राप्ती समिति र मालिका कालिका प्रालिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिले राप्तीमा शनिवार देखि चक्का जाम गर्दै आएको छ । जसले गर्दा राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधरण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विनानै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।

शनिवार प्रहरीले राप्ती समितिका अध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश श्रेष्ठ लगाएतका पदाधिकारीलाई लक्षित गरी आक्रमण गरेको विरोधमा चक्का जाम गरिएको हो । प्रहरीले सुनियोजित किसिमले आफ्ना अध्यक्ष लगायत पदाधिकारीलाई आक्रमण गरी शख्त घाईते बनाएको भन्दै विरोधमा चक्का जाम गरिएको हो । समान्य विवाद हुँदा उक्त विवाद मिलाउन गएका समितिका अध्यक्ष हमालमाथि प्रहरीले एकाएक लाठी चार्ज गरेको राप्ती समितिले आरोप लगाएको छ ।

लाठी चार्जबाट उनको टाउको फुटेको छ । प्रहरी ज्याजतीका विरुद्धमा आफूहरुले चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता भएको राप्ती समितिले विज्ञप्ति मार्फत जनाएको छ । तर प्रहरीले भने दुई समितिका विचमा मुठभेडको स्थिति सृजना भएपछि र सवारी साधनमाथि तोडफोड हुनथालेपछि लाठी चार्ज गरिएको दाबी गरेको छ । शुक्रवार देखि मालिका कालिका यातायात प्रालिले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर देखि रुकुम सम्म वस सञ्चालनगर्न खोजेपछि राप्ती समिति र उक्त प्रालिका विचमा विवाद उत्पन्न भएको थियो । त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न भएको थियो ।

आज तुलसीपुर बजार पनि बन्द
व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार सुरेश हमालमाथि भएको आक्रमणको विरोधमा आईतवार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरको वजार बन्द गराएको छ । आक्रमणमा सम्लग्न दोषी प्रहरी माथि कारवाहीको माग गर्दै तुलसीपुर बजार बन्द गरिएको हो ।

संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्र वलीले विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका लागि बजार बन्द गर्न आह्वान गरेका छन् । उनीहरुले प्रहरीको व्यवहार विवाद सामाम्य पार्ने भन्दा पनि झनै अराजक किसिमको देखिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक