२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

समाजसेवी वलीद्वारा डान्स आईकन दाङलाई ५ लाख सहयोग

२०७३, २८ बैशाख मंगलवार १३:१४

oli- dangबिदुर एमसी/ बैशाख २८, दाङ ।  त्रिपुर क्षेत्रका वरिष्ठ समाजसेवी, उद्योगी तथा राजनितिज्ञ डिल्लीबहादुर वलीले डि.टेन.ईन्टरटेन्मेन्ट त्रिपुर दाङले यही जेष्ठ १ देखि आयोजना गर्न लागेको प्रतिष्ठित, बहुप्रतिष्ठित, बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि)को आयोजनाको अनुमानित लागत खर्च ५ लाख रुपैयाँ प्रदान गर्नुहुने भएको छ ।

डि टेन ईन्टरटेन्मेन्टका कार्यकारी निर्देशक तथा डान्स आईकन दाङ (डि.आई.डि)का संयोजक बिष्णुकुमार देवकोटाका अनुसार कार्यक्रमलाई भव्य रुपमा सफल गर्नका लागि वली ले सर्वाधिक रकम सहयोग गर्न लागेको जानकारी दिनुभयो । केही दिनमै जिल्लामा सरोकारवालाहरु बीच पत्रकार सम्मेलन गर्दे सहयोग रकमको सम्झौता पत्र वलीले डि टेन ईन्टरटेन्मेन्टलाई हस्तान्तरण गर्नुहुने छ ।

दाङ जिल्लालाई आधार मानेर मध्यपश्चिमका सुर्खेत, नेपालगंज, सल्यान, प्यूठान र दाङमा प्रारम्भिक चरणका अडिसनहरु संचालन गरी नृत्य विद्याका प्रतिस्पर्धिहरुलाई छनौट गरी करिब ५ चरण सम्म प्रतिक्ष्पर्धात्मक पस्चात भव्य साँस्कृतिक महोत्सवका बीच कार्यक्रमको ग्राण्ड फिनालेको आयोजना गरी बिजेता घोषणा गरिने देवकोटाले जानकारी दिनुभयो । दाङ जिल्लालाई आधार मानेर जिल्लामा मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रतियोगिता डान्स आईकन दाङ (डि.आई.डि) सर्वाधिक ठूलो धन राशिको हो ।

यसमा प्रथम हुने ले नगद रु. १ लाख ११ हजार एक सय एक रुपैयाँ पाउने छन् भने ५ वटा म्युजिक भिडियोहरुमा मोडलिङ्ग गर्ने अवसर, मोबाईल सेटहरु, आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने छन् । प्रतिस्पर्धा कूल ५ वटा बिद्याहरुमा हुनेछ जस अनुसार फस्ट रनर अप, सेकेन्ड रनर अप, पब्लिक च्वाईस अवार्ड र जज च्वाईस अवार्ड समेत समावेश गरिने छ ।
dance icon dang

बिजेता हरुलाई कुनै न कुनै उपहारको साथमा आकर्षक मेडल, प्रमाण पत्रले बिभुषित गरिने छ । यसै बीच कार्यक्रमलाई भव्यताका साथमा सफल पार्नका लागि देश तथा बिदेश बाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी रहेको छ । कार्यक्रमलाई पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा सुभारम्भ गरिने देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा