१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नगरबासीले खानेपानी बाँदरको स्नान गृह

१६ भाद्र २०७२, बुधबार ०२:३२

भदौ १६, पर्वत / माथि देखाइएको तस्वीर तपाईलाई केको होला जस्तो लाग्छ । सोच्नुभएको छ होला सायद कुनै स्नान गृह (सुइमिङ पुल) को तस्वीर हो भनेर ।

khanepani

तर माथि देखाइएको तस्वीर कुनै स्नान गृहको नभई शिवालय खानेपानीको टंकी हो यो । २०५९ सालमा निर्माण भएको यो टंकीमा संकलन भएको पानीनै कुश्माबासीको पिउनेपानीको भकारी हो जून बाँदरको स्नान गृह पनि ।

ख्ुला आकाशमा रहेको यो पानी टंकी बाँदरको लागि स्नान गृह बनेको छ भने अर्को तर्फ बालबालिकाको लागि स्नान गृह( सुइमिङ पुल) पनि बनेको पाइन्छ । जब गर्मी महिना शुरु हुन्छ जंगलमा रहेका बाँदर तथा स्कूले बालबालिका यहि पानी टंकीमा मनोरञ्जन गर्ने थलोको रुपमा प्रयोगमा आउने गरेको स्थानियबासीको भनाई छ । न त कुनै तारबार नै छ न त कुनै टंकीको सुरक्षा व्यवस्थानै, जसका कारण जंगली जनावर चराचुरुङगी देखि लिएर बालबालिकाको लागि कुश्माबासीले पिउदै आएको खानेपानीको टंकी स्नान गृह बनेको छ । साना शहरी खानेपानी आयोजनाद्वारा निर्माण गरिएको यो टंकी स्नान गृह बनेको स्थानिय सरस्वती पोख्रेलको भनाई छ ।

गर्मी महिना शुरु भयो की केटाकेटी देखि लिएर बाँदर समेत टंकीमा पौडि खेल्छन् उनले भनिन् । मुहानबाट आएको पानी यसै टयाङ्कीमा थिग्राउने गरिन्छ । यो भन्दा मुनी रहेका तीन शाखा टयाङ्कीबाट पानी प्रशोधन हुने व्यवस्था मिलाइएको छ, तर तीन वटा टयाङ्कीमार्फत पानी उपभोक्ताहरुको धारमा पठाईने भएका कारण पानी शुद्ध रहेको संस्थाको दावी छ । तीन वटा साना टयाङ्कीमार्फत प्रशोधीत पानी उपभोक्ता कहाँ पठाईने भएका कारण मुख्य ट्याङ्कीमा बाँदरले नुहाउँदैमा खासै असर नपुग्ने संस्थाका कर्मचारी लोक नाथ पोर्खेलको भनाइ छ । थिग्राउने र प्रशोधन गर्ने टयाङ्की हुँदै भण्डारण ट्याङ्कीमा पुग्दा पानी ८० प्रतिशत शुद्ध भईसकेको हुने संस्थाको दावी छ ।

खानेपानीका विभिन्न शाखा टयाङ्कीमा औषधि समेत उपयोग गरिदै आएका कारण पानी ९९ प्रतिशत सम्म शुद्ध रहेको संस्थाले जनाएको छ । यसरी प्रशोधन गरेको पानी उपभोक्ता कहाँ पु¥याए पनि फिल्टर तथा उमालेर उपयोग गर्न संस्थाको अनुरोध गर्दै आएको खानेपानीका प्रबन्धक राजेन्द्र रोकाले बताए । पानीको टंकी खुला हुदाँ बाँदर तथा बालबालिका पौडी खेल्ने गरेको भेटीएपनि पानी भने शुद्धनै भएको रोकाको दाबी छ । बाँदर तथा बालबालिका पौडीने गरेको पाइएता पनि पानीको शुद्धता भएको भन्दै अहिले उक्त टंकीको रेखदेख गर्नको लागि कर्मचारीनै खटाएको उनले जनाए । विगतका बर्षमा बाँदरले पानी टंकीमा पौडीने गरेको नपाइएता पनि यसबर्ष दुइ पटक पानीको टंकीमा बाँदर पौडीएको भेटिएको संस्था आफै स्वीकार गरेको छ ।

कुश्मा नगरबासीले बाँदरको स्नान गृहको पानी प्रयोग गर्दै आएका छन् । शिवालय खानेपानी तथा सरसफाई कार्यालयले पानीको शुद्धताको लागि विभिन्न विधि अपनाएको बताएता पनि बाँदरको मलमुत्रकको रसायन भने कुश्माबासीले पिउदै आएका छन् । खानेपानी तथा सरसफाईको बारेमा सचेताना जगाएको दाबी गर्ने खानेपानी संस्थाले कुश्माबासीले प्रयोग गर्ने पानीको मुख्य टंकीनै सुरक्षित स्थानमा सरसफाइका साथ राख्न भने सकेको देखिदैन ।

अहिले कुश्मा बासीहरुका लागि १७ लाख लिटर पानी खपत हुँदै आएको संस्थाले जनाएको छ । बाँदर नियन्त्रणका लागि संस्थाले कर्मचारी खटाएको भएपनि प्रभावकारी हुन सकेको देखिदैन । यसका लागि दिर्घकालिन योजनाको आवश्यक देखिन्छ । पानीमा ढुवेर वन्य जन्तु तथा केटाकेटीको मृत्यु हुने सम्भावना पनि उत्तिकै प्रवल भएको देखिन्छ । १७ लाख लिटर पानी अटाउने टयाङ्की खुल्ला छाडनुले आयोजनाको कमजोरी औल्याउन सकिन्छ । यसलाई तत्काल छत तथा तार जालीको व्यवस्था गर्न सकेमा दुर्घटना न्युनीकरण हुनुका साथै पानीमा समेत शुद्धता कायम गर्न सकिने थियो । यस तर्फ सरोकारवाला निकायको समयमानै ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र