१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उडायो सपना सारा हुरीले…

१६ भाद्र २०७२, बुधबार ०७:३६

भदौ १६, पर्वत । देशमा केही गरौं आफ्नै लगानीमा अनि हुन्छ त्यो आफ्नै निगरानीमा त्यसपछि त केहि न केहि मुनाफा त आउँला भन्ने मिठो सपना सजाएर विदेशी त्यो भूमिमा पुगेका भण्डारी आफ्नै नेपालमा फक्रिए ।

11944861_891592157600835_905455852_n

युरोप, जर्मनी समेत पुगेका परशुराम भण्डारी नेपाल पक्रिए अनि बद्रीबहादुर केसी, कर्णबहादुर भण्डारी र विष्णु केसीसँग सहकार्यमा कुश्मा नगरपालिका ९ जलकुनेमा २०६९ सालबाट गुप्तेश्वर गाई फार्म दर्ता गरी व्यवसायमा लागे । पचास लाखमा सामुहिक लगानीमा पशुपालन व्यावसाय होमिए । तीन बर्षसम्म त व्वयसाय चलेको थियो तर विस्तारै व्यवसाय धरासायी बन्न पुग्यो ।

२ सय रोपनीमा उन्नत जातको घाँस लगाएर पशुपालन व्यवसायमा लागेका भण्डारी यतिबेला पशु व्यवसाय चौपट भएपछि तातो दूध निल्नु न ओकेल्नु भएको बताउँछन । बाउ बाजेले धान खेती गर्दै आएको जमिनमा पशु व्यवसाय गरौ र राम्रो मु्नाफा होला भन्ने सोचेर उन्नत जातका घाँसहरु लगाए तर अहिले व्यवसाय पनि चौपट भयो अनि खेतबाट आउने दुई सय मुरी धान पनि, न त घाँस नै विक्रि भएको छ न त खेतमा खेतीपाति नै,उनले भने । सरकारले य्वाबर्गको लागि पशु व्यवसाय तथा कृषि पेशको लागि युवा स्वरोजगारको योजना ल्याएपनि उक्त योजना हात्तिका देखाउने दाँत सरि भएको भण्डारीको गुनासो छ ।

गाई फार्म उद्घाटनको क्रममा जिल्लामा भएका सरोकारवाला निकायले निक्कै प्रशंसा गरे अनि व्यवसायलाई अगाडी बढाउनको लागि आफुले सरकारी अनुदान तथा प्राविधिक सहयोग गर्ने बताए जब गाइ फार्म धरासाय बन्दै गयो फार्मनै बन्द भयो तर कसैले पनि किन, कसरी बन्द भयो भन्ने बारेमा कसैले सोध्न आएन भण्डारीले भने ।

संयुक्त गाई फार्म दर्ता गराएर व्यावसाय सञ्चालन गराए पनि पहिले जस्तो सरकारी निकायले वास्ता नगर्दा फार्म बन्द हुन पुगेको सञ्चालकहरु बताउँछन । सरकारी निकायले स्थापना गर्दा हौस्याए पनि सञ्चालन गराउन चासो नदिँदा फार्म कै कारण धेरै लगानी डुबेको सञ्चालक परशुराम भण्डारीको भनाई छ ।

तत्कालिन समयमा शिवालय गाविसले ५० हजार र जिल्ला विकास समिति पर्वतले ५० हजार लगानी गरेको यो गाई फारम सञ्चालनमा ल्याउन कतै बाट पनि पहल नुहँदा बन्द हुन पुगेको हो । आवश्यक पुर्वाधार निमार्ण गर्ने र युवाहरुलाई कृर्षिमुखी व्यावसायमा आकर्षण गराउने उद्धेश्यका साथ फार्मको सञ्चालन गरिएता पनि अहिले भने फार्म संरचनामा मात्रै सिमित हुन पुगेको छ । पच्चिस गाई र सय बाख्राको लागि तयार पारिएका गोठ र खोर अहिले अलपत्र अबस्थामा छन् ।

यसरी दीर्घकालिन सञ्चालनका लागि आवश्यक अध्ययन विना नै सरकारी लगानी खर्चिदा युवाहरु व्यावसायी बन्न सकेका छैनन । सरकारी राहत छनजेल काम गर्ने र राहत सकिएपछि व्यावसाय छाडेर पुन विदेश हानिने जिल्लाको प्रचलन जस्तै बनेको छ । राहत उपलब्ध गराउने सरकारी निकायले संरक्षणमा चाँसो नदिँदा व्यावसायसँगै व्यावसायी पनि धरापमा पर्दै आएका छन ।

सरकारले दिर्घकालिन अध्ययन विना युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउँदा जिल्लाका धेरै जसो फारमहरु बन्द हुने अवस्थामा पुगेका छन । कुश्मा नगरपालिका हाता भित्रै मात्र गतवर्ष मात्रै चार फार्महरु बन्द भइसकेका छन ।

दिर्घकालिन योजना बनाएर युवाहरुलाई व्यावसायीक रुपमा स्थापित गराउन सकेमा व्यवसाय सफल हुनुको साथै वैदेशिक रोजगारमा जाने युवाहरुमा पनि कमी आउने थियो । अन्यथा अनुदान मात्र बाँडेर सञ्चालित युवा लक्षित कार्यक्रमले जिल्लाका युवाहरुलाई व्यावसायी बनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ: वामदेव गौतम ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ गुल्मीमा गोठमा आगलागी हुँदा चार वर्षीय बालकको मृत्यु चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन मुम्बईमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भूकम्पको एकदशक : सम्झना ताजा वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक प्रतिनिधिसभामा प्रस्तुत भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण महायज्ञमा एक करोड २० लाख सङ्कलन शिक्षकका माग सम्बोधन गर्न ट्रेड युनियनको आग्रह ‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’ जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ : सांसद पुन ‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’