2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालिकोटमा सामुदायिक अस्पताल निर्माण हुने

 पुस २९, सुर्खेत | कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । 

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको घोषणा गर्नुभएको छ । 

उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारीले कर्णालीको कष्टकर विगतलाई बिदाई गर्ने अभियानमा लाग्नुभएका पत्रकार लामिछानेको प्रशंसा गर्नुभयो । उहाँले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताउनुभयो । 

प्रदेशका १० जिल्लाका नागरिकलाई सो प्रतिष्ठानले स्वास्थ्य सेवा दिइरहेको छ । नयाँ स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन दिनुभयो । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

पत्रकार लामछिानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा लागेको बताउनुभयो । उहाँले अस्पताल निर्माणमा तीनै सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो । यो काममा राजनीतिक वा अन्य कुनै स्वार्थबाट अलग रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा नगर प्रमुख बरालले अनुमानित रु १० करोड लागतमा अस्पताल निर्माण गरिने बताउनुभयो । स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने बताउँदै उहाँले सो अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराउनुभयो । 

प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही, सुशिला शाही, प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावल, अस्पताल निर्माण अभियानका सदस्य डा मुकुल ढकालसहितले निर्माणकार्य अभियान उदाहरणीय बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो । रासस | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव