2026-07-11 03:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

यूएईमा तिजको कार्यक्रममा रमाए नेपालीहरु

uae teej

रोशन तिवारी । भदौ २१, पर्वत । नेपालमा तिजको रौनक बिस्तारै छाउँदै छ तर पर्वतबाट बिदेशमा पुगेका नेपालीलाई पहिल्यै देखी तिजको रौनकले छाएको छ । त्यहिभएर होला सम्पूर्ण पर्वत बासी एक हौ भन्ने मुल नाराका साथ युएईमा स्थापना भएको पर्वत सेवा समाजले तिज विशेष धमका २०७२ सम्पन्न गरेको छ ।

बिभिन्न काममा बिदेशीएका नेपालीहरु कर्यक्रममा सहभागी भएर रमाइलो गरे । आफ्नो कला संस्कृति र संस्कारलाई जोगाई राख्ने उद्देश्यले हिन्दुनारीहरुको महान चाड हरितालीका तिजको अवसरमा आयोजना भएको कार्यक्रममा पर्वतका कलाकार लोक गायक कुलेन्द्र विश्वकर्मा र पुर्वेली लोक गायिका रमिला न्यौपानेले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । उनीहरुको प्रस्तुतीमा पर्वते युवायुवती मात्रै होईन अरु जिल्लाका नेपालीहरु प्नि धित खोलेर नाचे र कलाकार संग रमाए ।

कार्यक्रमका सभापति समाजका अध्यक्ष राजेन्द्र अधिकारी, प्रमुख अतिथि संस्थाका संरक्षक मणि भुर्तेल, र विशेष अतिथि संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

विदेशमा काम संग संगै आफ्नो कलाकारीतालाई पनि निरन्तरता दिदै आईरहनु भएका स्थानिय कलाकारहरु हरि डुम्रे, विक्रम पौडेल, सविता आचार्य, डिवी कालीज, र नेपाल बाटै आउनु भएका कालाकार लोकनाथ सापकोटा लगाएतका अन्य कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । बिदेशमा तिज मनाउन पाएकोमा पिपलटारी घर भएका समाजका अध्यक्ष राजेन्द्र अधिकारी सबैभन्दा गदगद हुनुहुन्थ्यो । उहाँले कार्यक्रम निकै सफल भएको बताउनुभयो ।

कार्यक्रममा संस्थाको स्थापना कालदेखीनै महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनु भएका संस्थाका संस्थापक संरक्षक खिमानन्द भुर्तेलाई दोसल्ला ओढाई सम्मान समेत गरीएको थियो । पर्वत सेवा समाजले यूएईमा रहेर नेपालका भूकम्प पीडितहरुलाई समेत सहयोग गरेको थियो । संस्थाले बिभिन्न रोगीहरुको उपचारमा समेत सहयोग जुटाउने जस्ता सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट