२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी

२०७५, २ माघ बुधबार ०८:१०

माघ २, दुल्लु | एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान दैलेखमा भूकम्प प्रतिरोधी भवन निर्माणबारे जानकारी गराइएको छ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नारासहित भूकम्प सुरक्षा दिवस मूलसमारोह समिति दैलेखद्वारा आयोजित कार्यक्रममा भूकम्प प्रतिरोधी भवन निर्माणको प्रविधिबारे सर्वसाधारण नागरिकलाई जानकारी गराइएको हो । 

विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकका उप–कार्यकारी निर्देशक वसन्त श्रेष्ठले प्रविधिबारे जानकारी गराउनुभएको हो । उहाँले भवनसंहिता र भवन निर्माण मापदण्ड, भवन निर्माण संहितामा समावेश गरिएका विषय प्रष्ट्याउनुभएको थियो । उपकार्यकारी निर्देशक श्रेष्ठले भवनका प्रकार, पिलरवाला भवन बनाउँदा ध्यान दिनुपर्ने विषय र गारोवाला भवन निर्माण गर्दा ध्यान दिनुपर्ने विषय जानकारी गराउनुभएको थियो । 

सो अवसरमा भूकम्प, विपद् व्यवस्थापन सम्बन्धी नीति नियमावली, २०७२ वैशाखमा गएको भूकम्पबारे क्षतिबारे जानकारी दिनुका साथै नेपालमा भूकम्पको कारणबारे सर्वसाधरणलाई जानकारी गराइएको थियो । 

कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सबैलाई आह्वान गर्नुभयो । उहाँले सरकारले तयार पारेको घर बनाउने ५५ वटा मापदण्डअनुसार भवन निर्माण गर्नुपर्ने बताउँदै सरकारी तथा गैरसकारी कार्यालयको बजार केन्द्रित कार्यक्रम ग्रामीण बस्तीमा लैजान आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न लागिएको बताउँदै उक्त योजना बनाउने जिम्मा विपद् व्यवस्थापनका लागि जिल्ला अगुवाई सहयोगी संस्था सोसेकलाई दिइएको जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना